शहरी स्वास्थ्य केन्द्र स्थापनामा ढिलाई

निशा गुरुङ
१५ फाल्गुन २०७६ ०८:५६

 हेटौंडा÷ हेटौंडा उपमहानगरपालिकाले १९ वटै वडामा माघ महिनाभित्रै शहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने भनिए पनि स्थापना गर्न सकिएको छैन । विभिन्न समस्या भवन नभेटिने , सामनह? नपाएको कारणले गर्दा १० नम्वर वडा र १९ नम्वर वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना गर्न नसकिएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा अधिकृत भोला चौलागाईले जानकारी दिए । नगरका १९ वडा मध्ये हालसम्म १७ वटा वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना भइसकेको छ । हेटौंडा १ , १२ , १९ वडामा स्वास्थ्य केन्द्रका भवन निर्माण भईसकेको छ । त्यस्तै हेटौंडा १४ को मयुरधापमा सहरी स्वास्थ्य केन्द्र स्थापनाका लागि भवन निर्माणको कार्य जारी रहेकोले अहिले स्कुलको कोठा भाडामा लिएर सेवा सुचा? गरिरहेको छ । हेटौंडा ४ स्थित मोहन बज्रचार्य सहरी स्वास्थ्य केन्द्रमा पुुस महिनाको २१ गते बाट सुचा? भएको केन्द्रमा आज सम्म ३ सय १६ जनाले सेवा लिएका छन् । जस्मा पु?ष १ सय २८ महिला १ सय ८ जना रहेको छ । केन्द्रमा धेरै जसो सुगर ,प्रेसर ,गर्भपति जा“च गर्न आउने गरेको मोहन बज्रचार्य सहरी स्वास्थ्य केन्द्रका जोसीका शर्माले जानकारी दिए । हेटौंडा १४ मा रहेको मयुरधाप सहरी स्वास्थ्य केन्द्र सुचा? भएको २ वर्ष भईसकेको छ । चालु आर्थिक वर्षको साउन देखि आज सम्म मयुधाप सहरी स्वास्थ्य केन्द्रमा १७ सय ६३ जनाले सेवा लिईसकेका छन् । स्वास्थ्य केन्द्रमा जा“च गर्न आउने गर्भपति सुमित्रा थापाले स्वास्थ्य केन्द्र आफनै वडामा भएपछि धेरै सजिलो भएको बताए । गर्भपति भईसकेपछि धरै हिडिरहन असहज हुने हुदा हेटौडा अस्पताल जान नपरेपछि सजिलो भएको उनले बताए । हरेक महिनाको १ र १९ गते गा“उघर क्लिनिक, ६, ७ , ८ गते खोप क्लिनिक गरिने मयुरधाप सहरी स्वास्थ्य केन्द्रका अन्सु तामाङ्ले बताए । स्वास्थ्य केन्द्रमा धरै जसो बालबालिका, गर्भपति आउने गरेको छ । शहरी स्वास्थ्य केन्द्रमा डे«सिङ्, क्षयरोग लगाएत हेल्थपोष्टमा हुने सबै खालका सेवाह? उपलब्ध हुने उन्ले जानकारी गराए ।