युवा साकार शिवाकोटी तथा व्यवसायी अनुप कार्कीले २ थान सिसी क्यामरा सहयोग

गुगलपाटी संवाददाता
१६ फाल्गुन २०७६ ०६:५६

हेटौंडाः हेटौँडा ११ का युवा साकार शिवाकोटी तथा व्यवसायी अनुप कार्कीले २ थान सिसी क्यामरा वडा प्रहरी कार्यालयलाई हेटौँडा सानोपोखरालाई सहयोग गरेका छन ।
हेटौँडामा हत्या अपराध बढदै गएको भन्दै हेटौँडा ५ क्याम्पाडाँडामा जडान गर्नका लागी २ थान सिसी क्यामरा सहयोग गरेको शिवाकोटीले बताएका छन । उक्त क्यामरा बिहिबार वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीलाई हस्तान्तरण गरेका थिए । उक्त क्यामराको मुल्य ३० हजार रुपैँया रहेको जनाईएको छ ।
यता वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले क्यामरा जडानबाट अपराध न्यूनिकरणमा सहयोग पुग्ने भन्दै सहयोग गर्नै सवैलाई धन्यवाद व्यक्त गरेका छन ।थप ससी क्यामराको जडान भएपछि हेटौँडा–५ को क्याम्पाडाँडा आसपासको क्षेत्रमा सिसी क्यामराको निगरानी हुने भएको छ ।
यस अघि हेटौँडा २ र ५ स्थित सानोपोखरामा ७० हजार लागतमा हेटौँडा ५का व्यवसायी रवि श्रेष्ठले ४ वटा क्यामरा र हेटौँडा ५ क्याम्पाडाँडामा ३५ हजार लागतमा व्यवसायी सुरेश पुरीले १ थान क्यामरा जडान गरी सहयोग गरेका थिए ।