लैंगिक हिंसा बिरुद्धको कार्यक्रममा यसो भने मकवानपुरका प्रहरी प्रमुखले
गुगलपाटी संवाददाता मकवानपुर,०१ जेठसामुदायिक सेवा केन्द्र मकवानपुर,सामदायिक प्रहरी सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा लैंगिक हिंसा बिरुद्ध सचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १४ मा सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्टको अध्यक्षतमा भएको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले सहजिकरण गरेका थिए ।
कार्यक्रममा प्रहरी उपरीक्षक श्रेष्ठले सबै प्रकारका हिंसा घरबाट शुरु हुने भएकाले हिंसा न्यूनिकरणका लागि हामी होइन म बाट शुरु गर्नुपर्नेमा जोड दिए । स्थानीय नागरिक,बिभिन्न उधोगमा कार्यरत मजदुर तथा सरोकारवलाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रहरी प्रमुख श्रेष्ठले प्रहरी मेरो साथी अवधारणालाई अंगिकार गर्न आग्रह गर्दै हिंसा तथा कुबाटोमा लागेकाहरुलाई समाजमा स्थापित गराउन आफ्नो सक्दो प्रयास रहने बताए ।
सो अवसरमा सामुदायिक सेवा केन्द्रका पूर्व अध्यक्ष कुमार प्रसाद पौडेल,उपाध्यक्ष बिनोद कुमार लामिछाने,इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अनोजगंज रायमाझी लगायतको उपस्थिति रहेको थियो ।