पुरानो बसपार्क नजिकै आगलागी

गुगलपाटी संवाददाता
१६ फाल्गुन २०७६ ११:२८

काठमाण्डौः काठमाडौंको पुरानो बसपार्कनजिकैको एक रेष्टुरेन्टमा आगलागी भएको छ। प्रहरी वृत्त सिंहदरबारले जनाएअनुसार बसपार्कभित्र रहेको भ्युटावर निर्माणस्थल नजिकको रेस्टुरेन्टमा साढे ३ बजेतिर आगो लागेको हो। आगलागीको कारण भने खुल्‍न बाँकी रहेको र मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। दमकलको सहायताले आगो निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ। पछिल्लो समय अधिकांश आगलागी विद्युत् सर्टबाट हुने गरेको छ।
स्रोतः थाहाखबर