उपराष्ट्रपति चिल्ड्रेन्स गेमको छनौट
गुगलपाटी संवाददाता हेटौडा,१ जेठ
उपराष्ट्रपति चिल्ड्रेन गेम्स अन्तर्गत मकवानपुरमा आज तेक्वान्दोका खेलाडी छनौट भएको छन । ६ वटा तौल समूहमा भएको छनौटमा कैलास गाउपालिका १० नामटारको रत्न आधारभुत विद्यालयका तीन जना खेलाडी छनौट भएका छन । यस्तै हटियाको रक्ष्मीपुर आधारभूत विद्यालयवाट २ जना र चन्द्रोदय मावि कमानेका एक जना खेलाडी छनौट भएका छन् ।
नामटारको रत्नज्योती आधारभुत विद्यालयवाट रश्मी मुक्तान र रचना व्लोन तथारोशन मुक्तान छनौट भएका खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिनुभएको छ । यस्तै लक्ष्मीपुर आधारभुत विद्यालयवाट अभिशेक माझी र आयुशा राई तथा चन्द्रोदय मावि कमानेका मुकुन्द लिमल्सिना छनौट भएका हुन । छनोट भएका खेलाडीहरुलाई मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, उपाध्यक्ष दिपेन्द्र ढकाल, मकवानपुरमा तेक्वान्दोका सस्थापक दिलिपराजधला,नेपाल तेक्वान्दो सघका अध्यक्ष रविन जोशी, राष्ट्रिय तेक्वान्दो संघका मदन श्रेष्ठ, प्रशिक्षक माधव काईराला लगायतले मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
उपराष्ट्रपति चिल्डे«न गेम्स अन्तर्गत जेठ ५ गते एथलेटिक्सका छनौट हुने खेलकुद विकास समितिका प्रमुख दाहालले जनाएका छन । जिल्ला वाट छनौट भएका खेलाडीहरुले यही जेठ ७ गते देखि काठमाण्डौमा हुने ३ नं प्रदेशस्तरिय प्रतियोगितामा खेल्ने छन भने प्रदेशवाट विजयी खेलाडीहरुले जेठ १० गते देखि काठमाण्डौमै हुने राष्ट्रिय उपराष्ट्रपति चिल्डेन्स गेममा भाग लिने जनाईएको छ ।