जनप्रतिनिधिहरुको एक बर्ष : फेरिएला त हेटौंडाको मुहार ?

गुगलपाटी संवाददाता हेटौंडा,१ जेठ
१ जेष्ठ २०७५ १३:२३

स्थानीय तहमा जनप्रतिनिधि आएपछि बिकासले गति लिएको छ । यसरी नै हेटौंडा उपमहानपालिकामा जनप्रतिनिधिहरु आएपछीको एक बर्षमा धेरै खालका महत्वपुर्ण कामहरुको सुरुवात पाइएको छ । खासगरी एक बर्षको अबधिमा हेटौंडाको भित्री रोडका सडकहरुलाई फराकिलो बनाउने काम संगै हरियाली बनाउने र फलैफुलले झकिझकाउ बनाउने कामको सुरुवात उपमहानगरपालिकाले गरेको छ । अब हेटौंडा बजारका सडकहरु निर्माण गर्दा फराकिलो पार्ने काम संगै सडक पेटी, नाली र फुटपाथमा फुल र रुखका बिरुवा रोप्न थालिएको छ । चिल्लो सडकमा बजारलाई थप सुन्दर बनाउनका लागि रुखका बिरुवा र फुलैफुलले सजाउने काम सुरु गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत दाबी गर्दछन् ।

अघिल्ला बर्षहरुमा बैशाख महिनाबाट धेरैखालका योजनाहरु संझौता हुने र बल्ल कामको सुरुवात हुने भएपनि अहिले भने योजना निर्माणका कामहरु अन्तिम चरणमा सकिन लागिएको बताउँदै मेयर महतले धेरैजसो योजना काम सम्पन हुने चरणमा रहेको बताए । बिशेषगरी हेटौंडाका सबै खालका खेलाडीहरुलाई ध्यानमा राखेर कबर्डहल निर्माण गरिएको छ । पहिले पाँच वटा गाबिस रहेका र अहिले हेटौंडामा गाभिएका चुरीयामाई, पदमपोखरी, हटिया ,हर्नामाडी, बसामाडी लगायतका क्षेत्रमा सामान्य तरिकाको खानेपानी, सडक, बिजुलीको समेत समस्या भएकाले त्यसक्षेत्रमा बढी केन्द्रीत भएका काम गरिएको मेयर महतले बताए ।

कर्मचारी अभाबको चुनौती खेप्दा खेप्दै पनि धेरै राम्रा कामहरुको सुरुवात भएको छ । हेटौंडा उपमहानगरपालिकाको कुल एक अरब ४० करोड १ लख १५ हजार रुपैयाँ बजेट रहेको छ । त्यस मध्यमा केन्द्रीय सरकारले एक अरब १२ करोड ७६ लाख रुपैयाँ र आन्तरीक आयको २ करोड ५ लाख १३ हजार रुपैयाँ रहेको छ । यो बजेटबाट उपमहानगरपालिकाले सडक, खानेपानी, ढल लगायतको क्षेत्रमा बढी खर्च गरेको छ । उपमहानगरपालिकाले यो बर्ष सबैलाई हुनेगरी कृर्षि, पर्यटन, शिक्षा, खानेपानी, खेलकुद, सांस्कृतिक प्रबर्दन, लैङिक समानता तथा समाबेसीकरण, झोलुङगे पुल, सिंचाई, भवन तथा शहरी बिकाश, वन तथा भुसंरक्षण, फोहोरमैला ब्याबस्थापन, वडा कार्यालयहरुको भवन निर्माण, ह्युम पाईप उपलब्ध लगायतकाको क्षेत्रमा खर्च गरिएको छ ।

हेटौंडा उृपमहनागरपालिकाले सडक सहित सामाजिक कार्यमा पनि हात हालेको छ । सामाजिक अभियानहरु लागू औषध बिरुद्ध जनचेतना,महिला हिंंसह लगायतका कार्यमा पनि हात हालेको र यो अभियान पनि नगर भित्र संचालन गरिएको उनले बताए ।