चुरेहिल अस्पताल नजिक मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

गुगलपाटी संवाददाता
१७ फाल्गुन २०७६ १३:०३

हेटौंडाः पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा११ चुरेहिल अस्पताल नजिक मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । नवलपुरबाट हेटौंडा तर्फ जाँदै गरेको ना ६३ प ७७३४ नम्बरको मोटरसाइकल ठक्कर दिँदा हेटौंडा ११ डेर गरि बस्ने बर्ष ८ निर्जल रानाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टिका बहादुर कार्कीले बताएका छन्।

बाटो काट्दै गरेका रानालाइ तिव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिएको थियो।रानाको उपचारको क्रममा चुरेहिल अस्पतालमा निधन भएको जनाइएको छ।
ठक्कर दिने मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको र चालकको प्रहरीको निगरानी्मा चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाइएको छ।