मकवानपुरमा माक्सको अभाव
गुगलपाटी संवाददाताहेटौँडा: मकवानपुरको हेटौँडामा माक्स अभाव भएको छ । कोरोना भाईरसको संक्रमणले विश्वब्यापी असर पारेको समयमा हेटौँडामा समेत माक्स अभाव भएको हो ।
आज खबरब्रेक युनिट माक्सको अवस्थाबारे बुझन हेटौँडाका केहि मेडिकल स्टोरहरुमा पुग्दा माक्स पाईएन् । हामीले माक्सको सटेज किन भयो भनेर मेडिकल सञ्चालकहरुलाई प्रश्न गर्दा उनीहरुको जवाफ प्राय एउटै पाईयो । मेडिकल सञ्चालकको अनुसार अरुबेला ८ रुपैँया पर्ने माक्सलाई अहिले २५ रुपैँयामा पनि पाईदैन, पाईयो भने पनि थोरै संख्यामा र महंगो रेट गरेपछि खरिद गर्न सकिएन् ।
कोरोनाको संक्रमणको समयमा मौकाको फाईदा उठाउँदै थोक ब्यवसायीहरुले मानविय धर्मलाई समेत भुलेको पाईयो । माक्स खरिद गर्न हेटौँडाको एक मेडिकल स्टोर पुगेका हेटौँडा १० का रामबहादुर कार्कीले भने स्मानिसहरु पैसाको पछाडी कति दरिद्र भएर लाग्नेरैछ भन्ने आज थाहा भयो। रुघा लागेपछि माक्स खरिदको लागि अँएको उनले धेरै मेडिकल स्टोर धाँउदा समेत भनेको माक्स नपाएपछि निरास भएर घर फर्के ।
एकजना मकवानपुरका पत्रकार दिलबहादुर घिसिङले पनि सामजिक सञ्जाल फेसबुक मार्फत आफुले पनि चारपाँच वटा स्टोरमा माक्स खरिद गर्न गएको तर नपाएको भन्दै स्टाटस पोष्ट गरेका छन् ।
जिल्लामा माक्सको कालाबजारी हुँदा समेत स्थानीय प्रशासनले अनुगमन नगरेको भन्दै स्थानीयहरुले दुख ब्यक्त गरेका छन् । कार्कि भन्छन् ः अरुबेला अनुगमन गर्दै हिडने प्रशासन यो बेला किन मौन रहेको हो ।कोरोनाबाट बच्नको लागि सरकारले नै माक्स वितरण गर्नुपर्ने उनको भनाई छ ।