बागमती प्रदेशसभामा गाँजा खेती गर्न विधेयक दर्ता
गुगलपाटी संवाददाताहेटौंडाः प्रतिनिधिसभामा दर्ता भएको भोलिपल्टै बागमती प्रदेशसभामा पनि गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दर्ता भएको छ । प्रदेश सांसद केशव स्थापितले गैरसरकारी विधेयकको रुपमा सो विधेयक दर्ता गरेका हुन्। प्रदेशसभा सचिवालयमा सो विधेयक ५३ नम्बरमा दर्ता भर्एको छ।
स्थापितले औषधिको रुपमा प्रयोग गर्न सकिने गाजालाई आम्दानीको स्रोत बनाउने बाटो खुल्ला गर्न विधेयक दर्ता गरेको जानकारी दिए।
विधेयक संघीय र प्रदेश सांसदको ५ महिनाको गृहकार्यपछि तयार भएको स्थापितले बताए।