भिमफेदी गाउँपालिकामा आइ.सि.टि.  तालिम  शुरु

गुगलपाटी संवाददाता
२२ फाल्गुन २०७६ १२:३५

हेटौंडा   : नेपाल राष्ट्रिय शिक्षक संगठन महिला बिभाग मकवानपुरले अाज २ दिने ICT तालिम भिमफेदी गाउँपालिकामा शुरु गरेकाे छ । पालिकाभर रहेका ३९ सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरुकाे क्षमता अभिबृद्धिका लागि तालिम अायाेजना गरिएकाे हाे । गाउँपालिका उपाध्यक्ष पार्वती रानाकाे प्रमुख अातिथ्यतामा भएकाे कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर उपाध्यक्ष लक्ष्मी गजुरेलकाे अध्यक्षतामा सञ्चालन भएकाे हाे ।

संगठन सवलीकरणकाे ५ महिने अभियानकाे निरन्तरता स्वरुप सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरुकाे क्षमता अभिबृद्धिका लागि कार्यक्रम अायाेजना गरिएकाे जिल्ला प्रचार विभाग प्रमुख सुनिल गाैतमले जानकारी दिनुभयाे । २ दिनसम्म सञ्चालन हुने तालिमले सामुदायीक विद्यालयमा सूचना तथा सञ्चार प्रविधिकाे प्रयाेगमा जाेड दिईने गरि सञ्चालन गरिने गाैतमले जानकारी दिनुभयाे । तालिमकाे पहिलाे दिन प्रशिक्षकहरु बिवश जङ्ग थापा र निशान्त राईले तालिमकाे सहजीकरण गर्नुभएकाे हाे ।

कार्यक्रममा जिलाभर शैक्षिक एकरुपता ल्याउनका निम्ति नेपाल राष्ट्रिय शिक्षक संगठनले २०७७ सालकाे वार्षिक एवम् शैक्षिक क्यालेण्डर चैत्र मसान्त सम्म प्रकाशन गर्ने निर्णय समेत गरेकाे बताईएकाे छ । संगठन सवलीकरणकाे अभियान अन्तर्गत १० वटै स्थानीय पालिका मध्ये बाँकी रहेका स्थानीय निकायमा शिक्षक महासंघ पूर्णता दिन पहल गर्ने कार्यमा संगठन कटिबद्ध रहेकाे प्रचार विभाग प्रमुख गाैतमले बताउनुभयाे । संगठनले यस अघि नै चैत्र २९ गते १४ अाै जिल्ला परिषद गर्ने कार्यतालिका घाेषणा गरेकाे छ ।

शिक्षक संगठन भिमफेदी पालिका अध्यक्ष कृष्ण पाेखरेलले सञ्चालन गर्नुभएकाे कार्यक्रममा भिमफेदी गाउँपालिकाका शिक्षा प्रमुख कपिलमणी पाैड्याल, याेजना प्रमुख बद्री सापकाेटा, लेखा अधिकृत ताेयानाथ तिवारी, सूचना प्रविधि प्रमुख निशान्त राई,स्राेतब्यक्ति गाेविन्द चाैलागाई
नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर सह सचिव प्रतिमा गाैतम, सह काेषाध्यक्ष चन्द्रादेबी लामा बल, सचिवालय सदस्य कृष्ण पाैडेल, जिल्ला प्रचार विभाग प्रमुख सुनिल गाैतम, सदस्य लक्ष्मी कुमारी काफ्ले लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम भीमफेदी गाउँपालिकाकाे आर्थिक सहाेगमा भएकाे हाे ।