प्रदेश सरकारले सुरुङमार्ग बनाउने
गुगलपाटी संवाददाताहेटौंडाबाट काठमाडौं जोड्ने पोष्टबहादुर बोगटी भीमफेदी कुलेखानी सुरुङमार्ग बन्ने पक्का भएको छ । सुरुङ मार्ग निर्माणका लागि प्रदेश सरकारले गृहकार्य गरिहेको छ । शुक्रबार विहान बाग्मती प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँल सुरुङमार्गको प्रवेद्धार रहने स्थान को अवलोकन गरेका छन् । भीमफेदी गाउँपालिकाको धापमा रहेको सुरुङ मार्गको अध्ययनको अवस्थाबारे जानकारी लिएका थिए ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललेका पहिलो प्रदेशको गौरवको योजनाको रुपमा रहेको भन्दै मन्त्री फुयाँलले अब कुनै पनि हालतमा सुरुङ मार्ग कुनै पनि हालतमा बन्ने बताए । संघिय सरकारलाई जोडेर सुरुङ मार्गको काम अगाडी बढाउने बताए । पुर्वाधार विकास कम्पनीको विषय प्रति कानुनी प्रावधान अनुसार अगाडी बढ्ने बताए । मन्त्री फुयाँलले जनताको काम कतिबेर अल्झाउने भन्दै कानुनी प्रक्रिया अबलम्बन गर्ने पनि बताए ।
अबको ४० दिनमा प्राविधिक टोलीले आफनो रिपोर्ट दिने बताएको छ । सरकारले वैशाखको अन्तिम सम्ममा टेण्डर हुने जनाएको छ । १० जनाले डिजाइनिङ, २० जनाले सोयल इन्भेष्टीगेशन, ५ जनाले टापोग्राफिक सर्वे, ५ जनाले जियोफिजिकल सर्वे र ५ जनाले ड्रोन सर्वे गर्ने काममा खटिएको भूगर्भशास्त्री दाहालले जानकारी दिए ।
३.२ किलो मिटरको सुरुङ
सुरुङमार्ग ३ किलोमिटर २ सय मिटरको हुने छ । भौतिक पुर्वाधार मन्त्रालय अन्र्तगत यातायात पुर्वाधार विकास निर्देशनालयका निर्देशक डा. सहदेव भण्डारीका अनुसार सरकारले वैशाखको अन्तिम सम्ममा टेण्डर प्रक्रियामा जाने बताए । करिब १५ अर्ब खर्च लाग्ने उनले बताए ।
सहयोग गर्न गाउँपालिका तयार
बाग्मती प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको “पोष्टबहादुर बोगटी भीमफेदी कुलेखानी सुरुङमार्ग” निर्माणको लागि भीमफेदी गाउँपालिकाले मुआब्जा लगायतको विषयमा सहयोग गर्ने जनाएको छ ।
गाउँपालिका अध्यक्ष हिदम लामाले स्थानीय स्तरबाट सहयोग गर्ने बताए । उनले भने “सुरुङ मार्गको लागि आवश्यक भैंसे भीमफेदीमा खासै ठुला नीजि घरहरु पर्दैनन् त्यसकारण मुआब्जामा ठुलो समस्या नहोला” । उनले भने “जग्गाहरुको विषयमा जनतालाई बुझाएर, सम्झाएर हामी अगाडी बढ्छौं ।” उनले सुरुङ मार्ग निर्माणमा गाउँपालिका वासिको साथ हुने पनि विश्वास व्यक्त गरे ।
अवलोकनमा संविधान सभा सदस्य अनन्त पौडेल, जिविस मकवानपुरका पूर्व सभापति रामेश्वर राना, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना लगायतको उपस्थिती रहेको थियो ।