हेटौंडा अस्पताललाई १ हजार थान मास्क सहयोग
गुगलपाटी संवाददाताउद्योग वाणिज्य संघ मकवानपुरले हेटौंडा अस्पताललाई १ हजार थान मास्क उपलब्ध गराएको छ । आज एक कार्यक्रमको आयोजना गरी संघका कार्यबाहक अध्यक्ष माधव न्यौपानेले अस्पतालका डाक्टर हरि खड्कालाई मास्क हस्तान्तरण गर्नुभएको हो । न्यौपानेले भन्नुभयो ‘ हामीले १ हजार थान मास्क उपलब्ध गराएका छौँ ।, भोलीबाट उपचार गर्न जाने सेवाग्राहीलाई अस्पतालले मास्क बाँड्ने छ ।’
संघले अझै ४ हजार मास्क विभिन्न कार्यक्रमको आयोजना गरी बाँड्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो ।