दुई जनाको शव भेटियो

गुगलपाटी संवाददाता
२८ फाल्गुन २०७६ ०७:३७

 जिल्लाको तिनाउँ गाउँपालिका स्थित तिनाउँ जलविद्युत केन्द्रको ड्याम साइडमा पौडी खेल्ने क्रममा शनिवार डुबेर बेपत्ता भएका बालबहादुर घर्तीको शव फेला परेको छ ।

रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–७ भलवाडीका २१ वर्षीय प्रदिप रोकाको शव फेला परेको छ । दोभान प्रहरी चौकीका प्रमुख बालबहादुर घर्तीको नेतृत्वमा खटिएको टोलीले रोकाको शव ड्याम साइडबाट करिब १ किलो मिटर तल पानीमा तैरिरहेको अवस्थामा फेला परेको हो ।

यस्तै सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्डको तानसेन(९ तल्लो डुम्रे नजिकै तानसेन–७ का ३८ वर्षीय रेलबहादुर रानाको बेवारिसे अवस्थामा शव फेला परेको छ । स्थानीयले राजमार्गको साइडमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयबाट शवको पहिचान भएपछि आफन्तलाई बुझाइएको थियो ।

उनको हत्या वा आत्महत्याबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।
स्रोतः नयापत्रिका