कोरोनाको त्रासले रोकियो रक्तदान कार्यक्रम, उपत्यकामा रगत अभाव
गुगलपाटी संवाददाताकाठमाडौ : विश्वभर फैलिएको कोरोना भाइसरको जोखिम बढ्दै गएपछि काठमाडौं उपत्यकामा रगतको अभाव भएको छ। कोरोना भाइरस ९कोभिड(१९० संक्रमणको त्रासका कारण ठूला भेला सभा समारोहसहितका भिडभाडन हुने कार्यक्रम नगर्न निर्देशन दिएपछि उपत्यकामा हुने गरेका रक्तदान कार्यक्रमहरु रोकिएका छन्। यहीकारण उपत्यकामा रगतको अभाव भएको हो। कोरोना भाइरसको त्रासले गर्दा मानिसहरु रगतदान गर्नसमेत डराएका छन्। केही दिनयता उपत्यकामा माग अनुसारको रगत पुर्याउन नसकेको रक्तसञ्चार केन्द्रका निर्देशक डा मनिताराज कर्णिकारले बताइन्। उनका अनुसार अनुसार रगत संकलनको प्रमुख स्रोत सामूहिक रुपमा हुने रक्तदान कार्यक्रम हुन्। कोरोनाको त्रासले नियमित रक्तदानका कार्यक्रम बन्द भएपछि हाल उपत्यकामा रगतको अभाव भएको उनले बताइन्। उनले भनिन्, ‘सरकारले सामूहिक कार्यक्रम र भेला नगर्न निर्देशन दिएको छ। अर्कोतिर कोरोना भाइसरको त्रासले मानिस्हरु रक्तदानमा सहभागी नहुँदा माग अनुसारको रगत पुर्यउन सकेका छौँनौँ।ु डा। कर्णिकारका अनुसार उपत्यकामा दैनिक तीन सय ५० युनिट रगतको खपत हुने गर्छ। जसमा केन्द्रीय रक्त संचार केन्द्रले दैनिक दुई सय ५० युनिट रगत पुर्याउँदै आएको छ। बाँकी विभिन्न अस्पतालहरुमा हुने रक्तसंचार केन्द्रले पुर्याउने गरेका छन्। केन्द्रीय रक्तसंचार केन्द्रमा रगत अभाव भएपछि हाल रगत माग्न जानेलाई आफैँले रक्तदाता खोजेर आवश्यक रगत जुटाउन आग्रह गर्दै आएको छ।
स्रोतः थाहाखबर