उपमहानगरपालिका भित्रका सबै वडाहरुमा स्वास्थ्य चौकी
गुगलपाटी संवाददाताहेटौंडा उपमहानगरपालिकाले स्वास्थ्य सेवा दिने उद्देश्यले उपमहानगरपालिकाभित्रका सबै वडामा स्वास्थ्य चौकी स्थापना गरि सेवा दिन सुरु गरेको छ ।
उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले हेटौंडा–१० मा रहेको हेडम्वा शहरी स्वास्थ्य केन्द्र र हेटौंडा–१९नेवारपानीमा शहरी स्वाथ्य केन्द्रको उद्घाटन गर्नुहुँदै १९ वटै वडाबाट स्वास्थ्य सेवा दिन सुरु गरेको जानकारी दिनुभयो ।
नगरका नागरिकलाई आफ्नै वडा र स्थानीय स्तरबाटनै स्वास्थ्य सेवा दिने उद्देश्यले काम थालिएको हो, उहाँले भन्नुभयो ।
वडास्तरबाट आम नागरिकले पाउने न्युनतम स्वास्थ्य सेवा दिने उद्देश्यले जनप्रतिनिधि आएपछी स्वास्थ्यलाई पहिलो प्राथमिकताकासाथ काम गरिएको मेयर महतले बताउनुभयो ।
प्रत्येक स्वास्थ्य संस्थामा अहेव, अनमीसहितको सेवा दिइएको छ । हेटौंडाको हटियामा भने डाक्टर र ल्यावसहितको स्वास्थ्य सेवा दिइएको छ ।