प्रतिक्षालयमै जीबन विताउदै वृद्ध
निशा गुरुङहेटौंडा÷छोराछोरीको माया चाहिने वेलामा एक वृद्ध प्रतिक्ष्ाँलयमा आश्राय लिएर वसेका छन । छोराछोरी छन । तर उनका हेरविचार गर्दैनन् । छाप्रँे थियो त्यो पनि पहिरा पुरिदियो । हेटौडा उपमहागनरपालिका—११ स्थित नवलपुरमा ६६ वर्षीय रुद्रवहादुर नेपाली विगत तीन वर्षदेखि प्रतिक्ष्ाँलयलाई वस्ने ठा“उ वनाएका छन् । उनको छाप्रँ नवलपुरमा नै थियो । २०७३ सालमा आएको पहिरोले उनको छाप्रँे नै पुरिदियो । छाप्रो पुरिसकेपछि उनि त्रिभुवन उच्च माध्यमिक विधालय अगाडि रहेको प्रतिक्षालयमा बस्दै आईरहेका छन् । उनको बास स्थान नै त्यही प्रतिक्षालय भएको छ । काठको छाप्रोमा बस्दै आएको उनी घर भत्किएपछि प्रतिक्षालयमा बस्दै आएका छन् । प्रतिक्षालयमा उनी दिनभर कपडा सिलाउछन् । उनी संग कपडा सिलाउन मेसिन पनि छन् । त्यही मेसिनको उनको बा“चने आधार हो । उनको जागिर र खेतवारी नै त्यही मेशिन हो । दिनमा सय देखि २ सय रुपैयासम्म कपडा सिलाएर उनले आम्दानी गर्ने गरेका छन् । त्यही पैसाले उनी होटलमा भात खाएर प्रँण धान्छन । उनको ४ छोरी १ छोरा छन् । २ छोरी विवाह गरेर मकवानपुरमा बस्छन । २ छोरी भारतमा बस्छन् । १ छोरा मकवानपुरमै बस्छन तर कहा“ बस्छन के गर्छन् उनलाई जानकारी छैन । निकै वर्ष भइसक्यो उनीसंग भेटघाट नभएको । उनलाई भेट्नका लागि कान्छी छोरी मात्रै कहिले का“ही आउने गर्छिन् । हावाहुरी आ“उदा उनी सबै कपडा बेरेर सुत्ने गरेको उनले बताए । उनको श्रीमतीको मृत्यु भइसकेको छ । नेपाली अहिले दम र प्रेसरको पनि औषधी सेवन गरिरहेका छन् । जग्गा जमिन पनि नभएको उनी सरकारी जग्गामा बस्दै गर्दा त्यस घर पनि पहिरोले पुरेपछि प्रतिक्षालयमा बस्दै आएका हुन् । मलाई सानो एउटा घर बनाईदिए पनि म आफै कपडा सिलाएर खाने थिए उनले भने, तर अहिले त सरकारले सरकारी जग्गामा घर बनाउन दिदैन भन्छन् के गर्नु अब बा“चुन्जेल यसरी नै बस्छु उनले पीडा पोखे । कहिले का“ही राती निद्रा नलागेर गाडी गाडि चलेको हेरेर बस्छु । उनको प्रतिक्ष्ाँलय पुर्वपश्चिम राजमार्गको छेउमा पर्छ ।