६ हजार ३ सय ५० ले लिए राहदानीको सिफारिस
गुगलपाटी संवाददाताहेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले चालू आर्थिक वर्षका साउन देखि माघ महिनासम्म ६ हजार ३ सय ५० जनाले राहदानीको लागि सिफारीस गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले .साधारण तर्फ ३ हजार ५ सय ७७ जनाका द्रुत तर्फ २ हजार ८ सय ३६ जनाको राहदानीका लागि सिफारीस गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सुचना अधिकारी देव चन्द्र बर्तौलाले जनाएको छ ।
मकवानपुर जिल्लामा पछिल्लो समयमा राहदानी बनाउनेको सङ्ख्या घट्दो दरमा छ । आर्थिक वर्ष २०७२÷७३ मा साधारण तर्फ ८ हजार ३ सय ९६ जनाको र दु्रत तर्फ ८ हजार ३ सय ५४ जनाको सिफारिस भएको थियो । त्यस्तै आव २०७३÷७४ मा ५ हजार ६ सय ४३ जना साधारणतर्फ सिफारिस र ५ हजार ७ सय १ जना द्रुततर्फ सिफारिस भएका छन् । आव २०७४÷७५ मा साधारण तर्फ ५ हजार ६ सय ८६ र दु्रततर्फ ४ हजार ६३ जनाको सिफारिस भएको छ । राहदानी सिफारिस भएको वार्षिक तथ्यांकअनुसार जिल्लामा यसको सिफारिस लिने घट्दै गएका हुन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राहदानी बनाउन आइपुग्नुभएका हात्तीसुडका सानु तामाङ्ले भविष्यमा आफु कुनै देशमा जानको लागि राहदानी बनाएर राख्ने बताउनुभएको छ । देशको परिस्थती हेर्दा आफु कुनै पनि बेला बैदेशिक रोजगारीका लागि बिदेश जानुपर्ने हुनसक्ने भएकाले अहिलेदेखि नै राहदानी बनाउन लागेको बताउनुभयो । त्यस्तै मकवानपुरको आग्रा–८ मा बसोबास गर्ने विष्णुप्रसाद विश्वकर्माले आफनो छोराछोरी विदेशमा रहेकोले भिजिट भिषामा विदेश घुम्न जानको लागि राहदानी बनाउन आएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय मकवानपुरम विभिन्न उद्देश्यले राहदानी बनाउन आउने गरेका छन् । राहदानी बनाउन आउने सबै विदेश नै जाने नभएको कार्यालयले जनाएको छ । त्यसतै विभिन्न युवा वर्गहरुले वैदेशिक शिक्षा लिनका लागि जान र श्रमको लागि बाहिर जाने धेरैको राहदानीका लागि सिफारिस गरिएको नासु विनोद अधिकारीले बताउनुभयो । त्यस्तै राहदानी लिन आउने नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालको हाताभित्र निशुल्क वैदेशिक क्षेत्रको परामर्श पनि दिइन्छ । मकवानपुरमा रहेको विभिन्न संजाल, साना हात जस्ता संस्थाहरुले निशुल्क परामर्श दिने गरेको छ । परामर्श लिन आउदा सबैजना शिक्षित मात्र आउने नभएर अशिक्षित तथा थाहा नभएका र दलाल मार्फत वैदेशिक क्षेत्रमा कानुन विपरित जान लागेकालाई सचेत गराइएको पनि उहा“ले बताउनुभयो । त्यस्तै ५ जना लाई कम उमेरमा वैदेशिक क्षेत्रमा जान लागेको र उमेर बढी भएकालाई उद्दार गरिएको उहा“ले जानकारी दिनुभयो । उनीहरुले राहदानी बनाएर वैदेशिक क्षेत्रमा श्रम गर्ने जाने कामदार तथा विद्यार्थीहरुलाई सल्लाह सुझाव सहित आवश्यक सहयोग पनि गर्दै आएका छन् ।