नेपाल आउने हवाई यात्रु दुई हप्‍ता क्वारेन्टाइनमा बस्‍नैपर्ने

गुगलपाटी संवाददाता
१ चैत्र २०७६ ०७:११

काठमाडौं : नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकका लागि अध्यागमन विभागले आजदेखि थप कडाइ गर्दैछ। कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि विभागले नेपाल प्रवेशमा कडाई गर्ने भएको हो। नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकले त्रिभुवन विमानस्थलमा सेल्फ क्वारेन्टाइनमा बस्नका लागि फारम भर्नुपर्ने स्वाथ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए। नेपाली नागरिक घरमा नै क्वारेन्टाइनमा बस्नेछन् भने विदेशी नागरिकले क्वारेन्टाइनमा बस्ने स्थानको व्‍यवस्था आफैँ गर्नुपर्नेछ। क्वारेन्टाइनमा बसे वा नबसेको नबसेको अनुगमन सम्बन्धित स्थानीय तहहरुले गर्नै देवकोटाले बताए। आज मध्यरातदेखि सुरु हुने यो नियम अप्रिल ३० सम्म लागू हुनेछ। तेस्रो मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ। यस्तै, उनीहरुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र नेपाल भित्रिने नाकाका रुपमा राखिएको विभागले जनाएको छ।
स्रोतः थाहाखबर