रोभर रेन्जर स्काउट दिक्षित
गुगलपाटी संवाददातामकवानपुर जिल्लामा समुदायबाट संचालित हेटौंडा ओपन स्काउट क््रयूको नव प्रवेशी रोभर रेन्जर स्काउटहरुको दिक्षान्त समारोह सम्पन्त्र भएको छ । क्यूका अध्यक्ष बुद्दिनाथ न्यौपानेको सभाअध्यक्षता तथा जिल्ला युवा समितिका अध्यक्ष सन्तोष चौलागाईको प्रमुख आतिथ्यतामा भएको दिक्षान्त समारोहमा २५ जना रोभर रेन्जर दिक्षित धएका हुन ।
विगत ७ बर्ष देखि युवा स्काउट कार्यक्रम संचालन गर्दे आएको क््रयूले मकवानपुर जिल्लामा विपद व्यवस्थापन, नेतृत्व विकाश, सीपमुलक तालिम , प्राथमिक उपचार , राष्ट्रिय अन्तराष्ट्रिय फ्रेण्डसीप क्याम्प तथा विभिन्न सेवामुलक शिविर संचालन गर्दे आईरहेको छ ।
एसइई सकेका १६ देखि २४ बर्ष उमेर समुहका युवायुवती सहभागी हुन मिल्ने रोभर रेन्जर स्काउटमा विभिन्न विधालयमा स्काउट ईकाईमा आवद्द स्काउटहरुलाई एड्भान्समेन्ट सेरेमोनी तथा दिक्षान्त कार्यक्रम गरीएको क्यूमा रोभर लिडर अशोक सारु मगरले वताए ।
स्क्वायर वायजमा पदोन्नती भएका ९ जना रोभर रेन्जरहरुलाई सोही कार्यक्रममा वायजवाट शुशोभन गरिएको थियो । नव प्रवेशी स्काउट तथा पदोन्नती भएका रोभर रेन्जरलाई प्रमुख अतिथि जिल्ला युवा समितिका अध्यक्ष सन्तोष चौलागाई, जिल्ला तालिम आयुक्त तथा रोभर लिडर अशोक सारु मगर,रोभर लिडर दिपेन्द्र रोक्का, रेन्जर लिडर सुमित्रा लामाले स्कार्फ तथा व्यायज प्रदान गर्नु भएको थियो ।
उक्त कार्यक्रममा हेटौंडा ओपन स्काउट क््रयूका स्काउटर विष्णु श्रेष्ठ, हिरा बर्तोला , सुरेन्द्र कारञ्जित, महेन्द्र राना मगर, मेनुका श्रेष्ठ, आशिष अस्लामी मगर , अनिल आर्चाय लगायतको उपस्थिति रहेको थियो ।
अध्यक्षको पहलमा माक्स वितरण
चीनमा संक्रमणकै रुपमा फैलिएको कोरोना भाइरसबारे विश्वकै ध्यान तानिएको छ । चीनको हुवानबाट सुरु यो भाइरसबाट बच्न पछिल्लो समय छिमेकी मुलुकमा उच्च शतर्कता अपनाइएको छ ।कोरोना भाइरसका पहिलो बिरामी २०१९ को डिसेम्बर अन्त्यतिर वुहानमा भेटिएका थिए । क्रमशः त्यो फैलँदै गएको हो । वुहानका पर्यटकसँगै यो भाइरस पनि अन्य स्थानमा फैलिएको अन्तर्राष्ट्रिय मिडिया जनाउँछन् । नेपालमा पनि भाईरस भैलन नदिन नेपाल सरकारले विभिन्त्र कार्यक्रम गरिरहेको समयमा हेटैंडा ओपन क्रयूका अध्यक्ष बुद्दिनाथ न्यौपानेको पहलमा क्रयूका सदस्यहरुलाई नि शुल्क माक्स वितरण गर्नु भएको थियो ।