कर्रा कारिडोर निमार्णमा स्थानियको चासो

गुगलपाटी संवाददाता
१ चैत्र २०७६ १३:३३

हेटौंडा उपमहानगरपालिका भएर बग्ने कर्रा खोलाको किनारबाट बाटो खोल्न हेटौडा उपमहानगर पालिकाले देखाएको अग्रसरलाई निरन्तरता दिन हेटौंडा उपमहानगर पालिका वडा नम्बर ९ काटोल विकास सस्थाहरुले चासो देखाएका छन् ।
स्थानिय सरोकारवालाहरु र टोल विकास सस्थाका प्रतिनिधिको शनिवार भएको भेलाले शान्ति चोक टोल विकास सस्था अध्यक्ष बद्रि आर्चायको संयोजकत्वमा करिडोरमा पर्ने टोल विकास सस्थाहरु मिलन टोल, श्रृजना टोल,कुष्माण्ड टोल र त्रिवेणी टोल विकास संस्थाका अध्यक्षहरु सदस्य रहने गरि ५ सदस्यिय सरोकार समिति निमार्ण गरिएको शान्ति चोक टोल विकास सस्थाका अध्यक्ष बद्रि आचार्यले वताए ।
हेटौडाको धरोहको रुपमा रहेको कुष्माण्ड सरोवर त्रिवेणी धाम सम्म पुग्न सहज हुनका साथै, हेटौंडा वजारको वाईपासको विकल्प पनि हुने र हजारौ स्थानियले प्रत्यक्ष लाभ लिन सक्ने भएकाले करिडोर निमार्ण आवश्यक रहेको कुष्माण्ड सरोवर त्रिवेणी धाम विकास समितिका अध्यक्ष ईश्वरी न्यौपानेले वताए । सरोकार समितिले ९ नम्बर वडा समिति मार्फत उपमहानगरपालिका र बागमति प्रदेशका विभिन्त्र मन्त्रालयहरु करिडोर निमार्णको पहल गर्ने जनाएको छ । भेलामा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगर पालिका वडा नम्बर ९ का अध्यक्ष लक्ष्मण भण्डारी लगायतको उपस्थिति रहेको थियो ।