मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीया बालिका गम्भीर घाईते
गुगलपाटी संवाददातामकवानपुरको हेटौंडामा मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीया बालिका गम्भीर घाईते भएको छ ।
घाईते हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बस्ने ५ वर्षीया बालिका प्रनिसा न्यौपाने हुनुहुन्छ । सोमबार दिउँसो मनहरीबाट हेटौंडातर्फ आउदै गरेको ना ३१ प ६०५७ नम्बरको मोटरसाईकले ठक्कर दिँदा न्यौपाने गम्भीर घाईते भएको मकवानपुर प्रहरीले जनाएको छ ।
घाइते बालिकाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।