काठमाडौं महानगरको बेथिति : वातावरणको बजेट गाडी मर्मतमा सकियो
गुगलपाटी संवाददाताकाठमाडौं : स्थानीय निकायको निर्वाचनताका काठमाडौं महानगरलाई स्वच्छ, हरियाली तथा स्वस्थ्य वातावरणयुक्त महानगर बनाउने घोषणा गरिएको थियो। निर्वाचन भएको दुई वर्ष बितिसक्दा पनि महानगरको वातावरण अपेक्षाकृतरूपमा भने सफा हुन सकेको छैन। संघीय राजधानी काठमाडौं महानगरपालिकाभित्रै छ। राजधानी भन्नेबित्तिक्कै सफा र हरियाली वातावरणको कल्पना गर्न सकिन्छ। तर, वातावरणीय दृष्टिकोणले संघीय राजधानी काठमाडौंको वातावरण अझै त्यसको ठीक विपरीत छ। निर्वाचनताका सुव्यवस्थित शहर वा महानगरभित्र वातावरण स्वच्छ र सफा राख्ने घोषणा गरिँदा संघीय राजधानी रहेको काठमाडौंको मुहार फेरिने आशा गरिएको थियो। साथै, देशको सबैभन्दा ठूलो महानगरलाई ‘स्मार्ट सिटी’का रूपमा विकसित गराउने महत्वपूर्ण योजना अघि सारिएको थियो। चुनावी घोषणपत्रमा सफा र हरियाली महानगर बनाउने नारा लिएर महानगरका प्रमुख विद्यासुन्दर शाक्य चुनावमा होमिए, विजयी पनि भए। तर, न शहर प्रदूषणमुक्त बन्यो न त महानगरपालिका सफा र धुलोमुक्त नै हुन सकेको छ। वातावरण व्यवस्थापनको बजेट सवारीसाधन मर्मतमा महानगरपालिकाभित्रको वातावरण व्यवस्थापनको लागि महानगरले हरेक वर्ष बजेट विनियोजन गर्छ। दुई आर्थिक वर्षमा महानगरले वातावरण व्यवस्थापनको लागि १ अर्ब ८८ करोड बजेट छुट्टयाएको थियो। आर्थिक वर्ष ०७५र७६ मा १ अर्ब ३५ करोड र ०७६र७७ मा ५३ करोड ५० लाख बजेट वातावरण व्यवस्थापन सुधारका लागि विनियोजन गरिएको काठमाडौं महानगरपालिकाको प्रवक्ता ईश्वरमान डंगोलले बताए। महानगरको वातावरण व्यवस्थापनका लागि बजेट विनियोजनअनुसार भौतिक संरचना निर्माण गर्न सकेको छैन। फोहोर ढुवानी गर्ने बजेट सवारीसाधन मर्मतमा खर्च हुने गरेको छ। फोहोर व्यवस्थापनका लागि वातावरण व्यवस्था विभागमा हाल २० भन्दा बढी सवारीसाधन छन्। शहरी वातावरण सुधार्नको लागि खासै बजेट प्रयोग भएको देखिँदैन। अधिकांश बजेट सवारीसाधन मर्मत र पार्क निर्माणमा खर्च गर्ने गरेको पाइए पनि त्यसले मूर्तरूप नलिएको अवस्था छ। चीनका राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा तीनकुने क्षेत्रमा बनाइएको पार्कको उचित संरक्षण र विस्तार हुन सकेको छैन। केही दिन सशस्त्र प्रहरीले पार्कको रक्षा गरे पनि हाल पुरानो अवस्थामा पार्क पुगिसकेको छ। रोपिएका विरुवा कसरी संरक्षण गर्नमा महानगर जुटेको भए पनि विरुवा भाँच्ने मर्काउने र क्षति पुर्याउनेलाई महानगरले कारबाही गर्न सकेको छैन। समयमा उठ्दैन सडकको फोहोर फोहोर व्यवस्थापन र संकलनमा विभिन्न निजी कम्पनीहरू र संघसंस्था लागेका भए पनि उपत्यकाका सडकको फोहोर समयमै उठ्ने गरेको पाइँदैन। बाटो(बाटोमा महानगरपालिकाले उज्यालो हुन नपाउँदै उठाउनुपर्ने भनिए पनि बिहान ९ बजेसम्म प्रर्दशनी मार्ग लगायतका क्षेत्रबाट फोहोर संकलन गरिरहेको हुन्छ। हाल उपत्यकामा फोहोर व्यवस्थापन गर्ने ७० संघसंस्था छन्। तीमध्ये ४५ संस्थाले काठमाडौंमा सेवा दिँदै आएका छन्। निजी कम्पनीले घरबाट उत्पादन भएको मात्र फोहोर संकलन गरिरहेको छ।फोहरबाट निजी क्षेत्रले मात्र ७ करोड रुपैयाँ हाराहारीमा राजस्व बुझाउँदै आएका छन्। प्रवक्ता डंगोलका अनुसार शहर र सडक सफा गर्नका लागि महानगरले ५५० जना कर्मचारी खटाएको छ। उनीहरूले बिहान सडक सफाइ गरे पनि दिनभर काठमाडौंको सडक उस्तै हुने गरेको छ। यसका लागि शहरी यातायात र ठाउँठाउँमा डस्टविन राख्नु आवश्यक देखिन्छ। महानगर एक्लैले सकेन महानगरभित्रको वातावरण व्यवस्थापनमा महानगरले एक्लैले निर्णय गर्न नसक्दा पनि सुधार गर्न नसकिएको काठमाडौं महानगरपालिकाका वातावरण व्यवस्था विभागका प्रमुख हरिकुमार श्रेष्ठ बताउँछन्। महानगरभित्रका सडकमा भौतिक निर्माणका सामग्री राखेको कारणले सफाइ हुन नसकेको उनको भनाइ छ। भूकम्पपछि महानगरभित्र पुनर्निर्माणको काम भएकोले धेरै सवारीसाधनले सामग्री ओसार्दा सावधानी नभएकोले पनि सडक सफा हुन नसकेको उनको तर्क छ। त्यस्तै, मेलम्ची खानेपानीका पाइप र विद्युतीय तारलाई जमिनमुनि राख्ने प्रक्रियाले पनि सडकको सफाइ हुन नसकेको उनले प्रष्ट पारे। ुवातावरण सफाइ गर्नको लागि छुट्याएको अधिकांश बजेट खर्च हुन पाउँदैन,’उनले भने,’वातावरण सुधारको योजना बनाए अनुसार काम गर्न पाइएको छैन।ु त्यसैगरी,वातावरण सफा र स्वच्छ राख्ने अभियानमा २० वर्षे पुरानो सवारी साधन हटाउने अभियान सफल हुन नसकेको काठमाडौं महानगरपालिका सहरी व्यवस्था विभागका प्रमुख हरि कुँवरले बताए। प्रदेश सरकारले यातायात व्यवस्थापनको लागि नीति बनाएर प्रदेश भित्रका सवारी साधन व्यवस्थापनमा ऐन अनुसार हुने भएकोले महानगरले विद्युतिय सवारी साधन ल्याउन नसकेको उनले जानकारी दिए। महानगरले पनि यातायात ऐन बनाएको छ। वातावरणलाई असर नगर्ने खालको सवारीसाधनलाई प्रोत्साहन दिने भनेर ऐनमा प्रष्ट उल्लेख गरिएको छ। वृक्षरोपण हुन्छ संरक्षण हुँदैन महानगपालिकाको योजनाअन्तर्गत हरियालीमैत्री सहर र नगरपालिका बनाउने भने पनि महानगरले हरियाली बनाउने अभियान पनि सफल भएको छैन। महानगरका क्षेत्रभित्र हरियाली बनाउने उद्देश्यका साथ प्रमुख विद्या सुन्दर शाक्यको नेतृत्वमा भएको उक्त कार्यक्रम गरिएको थियो। करिडोर क्षेत्रमा पनि वृक्षारोपण गरेको थियो।बालाजु देखि विष्णुमतीसम्म त्यहाँको पनि केही बिरुवा देखि बाहेक सबै मासिएका छन्। कालो पुल, सेतो पुल दायाँबायाँ, कमलपोखरी लगायतका क्षेत्रमा वृक्षरोपण गरिएको थियो। तर त्यस क्षेत्रमा हाल वातावरणीय दृष्टिकोणले हरियाली बन्न सकेको छैन। सहरलाई हरियाली, सफा र वातावरणमैत्री बनाउने अभियानसहित भदौ २६ मा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वृक्षारोपण अभियानको उद्घाटन गरेका थिए। त्रिपुरेश्वरदेखि जमलसम्म १६५ वटा विरुवा रोपिएको थियो। त्यस क्षेत्रमा ५०० विरुवा रोप्ने योजनाका साथ महानगरपालिकाले वृक्षरोपण गरेको हो। तर‚ रोपिएका अधिकांश विरुवा अहिले हराइसकेका छन्। यसमा बटुवा पनि दोषि देखिन्छन् किनभने बिरुवा भाँच्ने लडाउने काम बाटो हिंड्नेहरु बाटै भएको देखिन्छ । यस्ता विनासकारी कामले पनि महानगरलाई चुनौति थपिदिएको छ । उपत्यकाका सडक धुलो र हिलोका कारण उपत्यकावासी हैरान छन्। उपत्यकाको वातावरण व्यवस्थापन तथा फोहोर व्यवस्थापनको जिम्मा काठमाडौं महानगरपालिकाले लिएको छ। सवारीसाधनबाटै भित्रने फोहर, निर्माण सामग्रीलगायतले दैनिक फोहर भित्र्याउँदा सडक धुलो र हिलोमुक्त भने बन्न सकेको छैन। उपत्यकामा उत्पादन हुने फोहोर व्यवस्थापनको जिम्मा महानगरले पाएको छ। फोहोरको दीर्घकालीन व्यवस्थापनको लागि सिसडोलको बन्चरे डाँडामा खोजिएको भए पनि त्यसले पूर्णता पाउँन सकेको छैन। अहिले तत्काल त्यसको व्यवस्थाप गर्न नसकेमा अबको केही महिनामा वर्षाको समय सुरु हुनेछ। त्यसबखत फोहोर व्यवस्थापनमा समस्या आउने भएको छ। ब्रुमरको काम सोचेअनुरूप भएन प्रवक्ता डंगोलका अनुसार महानगरपालिकाको वातावरण र बाटो सफाइका लागि ९ वटा ब्रुमर छन्। अत्याधुनिक इटालियन ब्रुमर र चाइनीज ब्रुमरलले रातभरी सडकको धुलो उडाउने र सफा राख्ने काम गरिरहेको जानकारी दिए। तर, त्यस ब्रुमरले पनि सडकको छेउ भाग मात्र सफा गर्ने गरेकोले दुखेसो पोखेका छ। पुतलीसडकका ओमप्रकाश रिजालले रातभर सफा गरे पनि दिनभर महानगरपालिकाको सडक उस्तै हुने गरेको बताए। ुमहानगरभित्रको भित्री सडकमा ब्रुमर सञ्चालनमा आएको छैन। बाहिरी सडकमा देखिने गरी मात्र ब्रुमर सञ्चालनमा ल्याइए पनि यसको प्रभावकारी देखिएनु, उनी थप्छन्। महानगरभित्र साना ठूला गरेर साढे ६ लाख सवारीसाधन कुदने गरेका छन्। गाडीबाट आएका धुलोलाई सफा गर्ने स्थान निर्माण गर्न सकेको छैन। महानगरभित्रको धुलो भित्रीन नदिनको लागि ठूला र साना सवारी साधन प्रवेश नाकामा वासिङ सेन्टर राख्ने योजना थियो। त्यसको लागि कलंकी,बालाजु र भक्तपुर नाकामा राख्ने योजना बनाएको थियो। दीर्घकालीन योजनै छैन महानगरले वातावरण सफाइ गर्नको लागि दीर्घकालीन योजना नबनाएकोले वातावरण सफा र स्वच्छ हुन नसकेको वातावरण संरक्षण अभियन्ता मिलन राई बताउँछन्। दैनिकजसो निश्वचित क्षेत्र सफा गर्ने भनेर वा वृक्षरोपण गर्ने भनेर योजना बनाए वातावरणको सेरोफेरो परिवर्तन हुने सक्ने उनको उनको भनाइ छ। विनायोजना कार्यान्वयन गर्न खोजेकोले पनि यस्तो भएको काठमाडौंको वातावरणमा परिवर्तन आउन नसकेको उनले बताए। वातावरण जस्तो कुरामा स्थानीय नागरिकलाई सहभागी नगराई र अपनत्व महसुस दिलाउन नसक्दा पनि नागरिकले बेवास्ता गरेको हुन सक्ने उनको भनाइ छ। कार्यान्वयनको पक्षको गुणस्तरमा ध्यान नदिँदा पनि वातावरणको सुधार हुन नसकेको उनले जानकारी दिए ।
स्रोतः थाहाखबर