हेटौँडा अस्पतालमा माक्सको अभाव
गुगलपाटी संवाददातामकवानपुरको एकमात्र सरकारी अस्पतालको रुपमा रहेको हेटौँडा अस्पतालमा माक्सको अभाव भएको छ । अस्पतालमा माक्सको लागि बिरामीहरुले आग्रह गर्दा समेत माक्स नभएको भन्दै विरामीहरुले समेत असन्तोष ब्यक्त गरे ।
मंगलबार हेटौँडा अस्पतालमा उपचारको लागि गएका हेटौँडा १८ की विना केसीले माक्सको लागि प्रशासनसँग आग्रह गर्दा माक्स नै छैन भन्ने उत्तर पाईन् । ज्वरोको कारण उपचारको लागि आफन्तसँगै गएकि उनले माक्स किन्न खोज्दा नपाएपछि अस्पताल प्रशासनसँग पुन आग्रह गरिन् तर उनले माक्स पाईनन् ।