कोरोनामाथि अनुसन्धान : सजग भए मानव शरीरले नै जिवाणुलाई जित्नसक्ने पुष्टि
गुगलपाटी संवाददाताकाठमाडौं : चीनको उहानबाट शुरू भएर विश्वका १६६ देशमा फैलिसकेको कोरोना भाइरसबाट संक्रमित मानिसहरूको सँख्या २ लाख नजिक पुगेको छ भने झण्डै ८ हजारको मृत्यु भइसकेको छ। यसबाट संक्रमित र मृत्युदरको सँख्यासँगै यो भाइरस लागेर उपचारपछि निको भएर घर फर्किनेहरूको सँख्या ९८२ हजार बढी० हेर्दा यो भाइरस लाग्ने वित्तिकै मृत्यु भइहाल्ने होइन भन्ने त प्रष्ट भएको छ। यससँगै उपचारपछि निको पनि हुने रहेछ भन्ने प्रष्ट छ। विश्वभरका वैज्ञानिकहरू यो भाइरसविरुद्धको खोप वा उपचार पत्ता लगाउन दिनरात जुटिरहेका छन्। अमेरीकाले यो भाइरसविरुद्धको खोपको क्लिनिकल परिक्षण गरिसकेको छ भने अन्य देशका अनुसन्धानकर्ता, वैज्ञानिकहरू खटिरहेका छन्। भाइरस भन्नासाथ यसको आनिबानि अर्थात प्रकृति कस्तो हुन्छरु कसरी यसले मानव शरीरलाई कष्ट गर्छ भन्नेसँगै मानवशरीरले यसमा कसरी प्रतिक्रिया जनाउँछरु कसरी जित्नसक्छरु कसरी हार्छरु भनेर पत्ता लगाउनु वैज्ञानिकहरूको पहिलो चुनौती हुन्छ। यस्तैमा, अष्ट्रेलियामा वैज्ञानिकरुहरूले मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता अर्थात ुइम्म्युन पावरुले कोरोना भाइरससँग कसरी लड्छ भनेर पहिचान गरिएको दाबी गरेका छन। ुनेचर मेडिसीन जर्नलुमा प्रकाशित अष्ट्रेलियाली वैज्ञानिकहरूको अनुसन्धानमा चीनसहित केही देशमा संक्रमित मानिसहरूले उपचारपछि स्वास्थ्यलाभ गरेका समाचारहरू पनि आउन थालेको उल्लेख छ। यस्तो अवस्थामा अनुसन्धानकर्ताहरूले खासमा मानवशरीरको सुरक्षातन्त्र यो भाइरससँग कसरी लड्छ र कसरी भाइरसलाई हराउन सफल हुन्छ भनी पत्ता लगाउने प्रयास गरेका छन्। यो भाइरसलाई टक्कर दिने कोशिकाहरूको बारेमा जानकारी हासिल गर्ने उद्देश्यका साथ गरिएको अनुसन्धानबाट भाइरसविरुद्धको खोप तयार गर्न पनि मद्दत पुग्ने दाबी गरिएको छ। अनुसन्धानमा संलग्न प्रोफेसर क्याथरी केडजिएस्काले पहिलोपटक मानव शरीरको रोग प्रतिरोधात्मक क्षमताले कोरोना भाइरससँग कसरी लड्छ भनी पत्ता लगाइएको र यो निक्कै महत्वपूर्ण खोज भएको बताएकी छिन्। मेलर्बनका ुपीटर डाहर्टी इन्स्टीच्यूट फर इन्फेक्शन एन्ड इम्यूनिटीुका अनुसन्धानकर्ताहरूले यो अनुसन्धान गरेका हुन्। अनुसन्धानबाट के पत्ता लाग्योरु संक्रमण दर बढिरहँदा विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएनओ० ले कोरोना भाइरसबाट भइरहेको मानवीय जनधन क्षतिलाई महामारी घोषणा गरेको छ। एकातिर संक्रमित हुनेहरूको संख्या बढिरहेको छ, तर यो विपत्तिकै मेसोमा केही राम्रा नतिजाहरू पनि देखिएका छन्। संक्रमित मानिसहरू उपचारपछि निको भएर घर फर्किएका छन्। यसले के पुष्टि गर्दछ भने मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता कोरोनाभन्दा बलियो छ, स्वास्थ्य सजगता अपनाउने तथा संक्रमण भइहाले उपचार गर्दा यो जिवाणुलाई मानव शरीरले पराजय गर्न सक्छ। अनुसन्धानबाट मानव शरीरमा त्यस्ता चार प्रकारको प्रतिरक्षा कोशिकाहरूको पहिचान गरिएको छ स् जून कोशिकाहरू कोरोनासँग लड्न सक्षम पाइएको छ। मानव शरीरभित्र रहेको यो तथ्य पहिलोपटक पत्ता लागेको अनुसन्धानकर्ताहरूले दाबी गरेका छन्। एक संक्रमित महिलामा गरिएको अनुसन्धानबाट ती कोशिकाहरूको पहिचान भएको हो। ती महिलालाई मध्यमखालको संक्रमण थियो र त्यसबाहेक उनलाई कुनै अर्को रोग थिएन। चीनको वुहान शहरकी एक महिलालाई संक्रमणपछि अष्ट्रेलियाको एउटा अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल भर्ना गरिएको १४ दिनमा उनी पूर्णस्वास्थ्य लाभ गरेर घर फर्किएकी छिन्। प्रोफेसर केडजिएस्काले आफ्नो टीमले ती महिलाको विस्तृत अनुसन्धान गरेको बिबिसीलाई बताएकी छिन्। उनले आफूहरूको अनुसन्धानको केन्द्रमा ती महिलाको ुइम्यून सिस्टमु थियो भनेकी छिन्। उनको टीमले कोरोना भाइरसको संक्रमणमा ती महिलाको इम्यून सिस्टमले कसरी प्रतिक्रिया जनाइरहेको छ भनेर पहिचान गर्ने प्रयास गरिरहेको थियो। ‘जब महिलाको स्वास्थ्य स्थितिमा सुधार आउन लाग्यो, तब उनको रगतको वहावमा केही विशिष्ट प्रकारका कोशिकाहरू देखियो, ती मध्ये केही त्यस्ता कोशिकाहरू थिए स् जून इन्फ्लुएन्जाका बिरामीमा निको हुनु अघि देखिन्थ्यो, प्रोफेसर कोडजिएस्काले भनिन्। यो कसरी सहयोगी हुनसक्छ रु ुस्विनबर्न यूनिभर्सिटी अफ टेक्नोलोजिमा हेल्थ साईन्सेसु का डीन प्रोफेसर ब्रूस थाम्पसनले यो अनुसन्धानबाट पत्ता लागेको निष्कर्ष भाइरसलाई चिन्ने अर्थात पहिचान गर्ने कार्यमा सहयोगी हुनसक्ने बताए। उनका अनुसार जब विभिन्न प्रकारको प्रतिक्रियाहरू कहिले हुन्छ भन्ने थाहा पाइन्छ स् भाइरस र त्यसको काम गर्ने तरिका पत्ता लगाउने कार्यको नजिक पुग्न सजिलो हुन्छ। अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले यो अनुसन्धानबाट कोरोना भाइरसका लागि तीव्रगतिमा खोप तयार गर्ने कार्यमा महत्वपूर्ण सहयोग पुग्ने र छिटो भन्दा छिटो मानिसहरूको उपचार पत्ता लाग्ने बताए। प्रोफेसर केडजिएस्काले जसमा संक्रमण धेरै थियो, त्यस बेला प्रतिरक्षा प्रणाली कसरी कमजोर भयो रु किन त्यो पूर्ण रुपमा असफल भयो भनेर पत्ता लगाउनु आफ्नो टीमको आगामी कदम हुने बताइन्। संक्रमणपछि मृत्यु भएका मानिसहरूको शरीरमा कुनै कुराको कमि थियो वा के कमी थियो, या उनीहरूमा पहिलेदेखी नै घातक रोग थियोरु भन्नेबारे बुझ्न आवश्यक रहेको उनको भनाई छ। यो बुझ्न सकिए मानिसहरूलाई सुरक्षित कसरी बचाउने भन्ने कुरा बुझ्न पनि सजिलो हुनेछ। यो अनुसन्धानपछि पीटर डोहर्टी इन्स्टीच्यूट फर इन्फेक्सन एन्ड इम्यूनिटी सेन्टरुलाई सरकारले अतिरिक्त आर्थिक सहायता दिएको छ। साथै विश्वका सबैभन्दा धनी व्यक्ति ज्याक माँले पनि उक्त सेन्टरलाई अनुदान दिएका छन्।
स्रोतः थाहाखबर