रगत संकलन गर्न हम्मे

निशा गुरुङ
५ चैत्र २०७६ १२:५३

हेटौंडा÷बिमारीलाई रगत उपलब्ध गराउन रक्तसञ्चार केन्द्र मकवानपुरलाई अप्ठेरो पर्न थालेको छ । रक्तदान कार्यक्रम निकै न्युन भएपछि मागअनुसार रगत उपलब्ध गराउन समष्या भएको हो । मकवानपुरमा दैनिक १० देखि १२ युनिटसम्म रगतको माग आउने गरे पनि संकलन गर्न नसकेको रक्तसञ्चार केन्द्रले जानकारी दिएको छ । कोरोना भाईरस संक्रमणको त्रासका कारण रक्तदान कार्यक्रम साथै रक्तदाताको संख्या कम भएको रक्तसञ्चार हेटौंडा शाखा प्रमुख टंक दाहालले बताए । रक्तदान कार्यक्रममा दाताहरुको भीड हुने भएकाले रक्त संकलन कार्यक्रम हुन छाडेको हो उनले भने ।

मकवानपुरमा दैनिक १० देखि १२ युनिटसम्म रगतको माग हुने हुदा“ कोरोना भाईरसका कारण रक्तदान कार्यक्रमहरु नहुदा बिमारीहरुलाई रगत जुटाउन हम्मे परेको छ । रगतको अभाव भएपछि अस्पतालमा शल्यक्रिया नै ठप्प हुन सक्छ त्यसैले बिभिन्न संघ सस्थाहरुलाई रक्तदान कार्यक्रम संचालन गर्न आग्रह गरिरहेका छौ । रक्त शाखाका प्रमुख दाहालले भने । उनका अनुसार रक्तदान कार्यक्रम भीड नगरिकन संचालन गर्न सकिन्छ । रक्तदाताहरुलाई टा“ढा टा“ढा राखेर रक्तदान कार्यक्रम गर्ने जानकारी दिए । रक्तदान कार्यक्रम नभएको एक हप्ता भईसकेको हुदा“ अब रक्तदान कार्यक्रम गरिएन भने बिरामीहरुलाई धेरै गारो पर्ने उनको भनाई छ । उनले संघ सस्थाहरुलाई रक्तदान कार्यक्रम गर्न आग्रह गरेको बताए । एक हप्ता सम्म रक्तदान कार्यक्र नहुदा“ आकस्मिक रक्तदाताहरुलाई बोलाएर रगत संकलन गरेको उनले बताए । मकवानपुरमा संकलन गरेको रगत चितवनमा पनि पठाउने गरिएको थियो ।

यहाँ खपत भएर बाँकी रहेको रगत चितवन पठाउने गरेका थियौ दाहालले भने,अहिले यही नै पुगेको छैन,कसरी चितवन पठाउनु, चितवनवाट रगतको माग भएको छ । चितवनमा पनि रगत संकलनको समस्या देखिएको छ । क्यान्सर अस्पताललगायत विभिन्न अस्पतालहरु त्यहि नै भएका कारण उपचारका बेला रगत चाहिने बिरामीको संख्या धेरै हुन्छ । सबैभन्दा धेरै रगत क्यान्सर अस्पतालमा उपचार गर्न आउने बिमारीका लागि खपत हुने गरेको छ । रगतको अभाव खटकिदै गएकाले रक्तसञ्चार केन्द्र हेटौंडाले रक्तदान कार्यक्रम गर्न सामाजिक संघसंसस्थाहरुसंग आग्रह गरेको छ । रक्तदान नै जीवन दान भएकाले कोरोना भाईरसबाट सजग र सचेत भएर रक्तदान कार्यक्रम संचालन रक्त संचार केन्द्र सवैमा अनुरोध पनि गरेको छ ।