शहिद स्मारकमा पर्यटकको संख्या घट्यो
निशा गुरुङहेटौंडा÷मकवानपुरकै एक चर्चित पर्यटकीय गन्तव्यका रुपमा परिचित रहेको हेटौडा उपमहानगरपालिका—११ नवलपुरस्थित शहिद स्मारकमा अहिले कोरोना भाईरसका कारण पर्यटक आउन छाडेका छन् । विश्वमा कोरोना भाइरसको संक्रमण फैलिएसंगै शहिद स्मारक सुनसान बन्द हुदै गएको छ । शहिद स्मारकमात्र होइन मकवानपुरको उत्तरी क्ष्ँेत्रमा पर्ने दामन,पालुङ् र चित्लाङ्मा समेत स्वदेशी एवं विदेश पर्यटकहरु आउन छाडेका छन । शहिद स्मारक क्ष्ँेत्रमा व्यवसाय गरेर बस्नेहरु पर्यटकहरु नआएकाले झिंगा धपाएर बसेका छन् । शहिद स्मारकमा स्वदेशीमात्र होइन विदेशी पर्यटकहरु आउने गथ्र्ये तर धेरै जसो भारतिय आउने गरेका थिए । स्वदेशी एवं विदेश पर्यटकहरु आउन छाडेपछि उक्त क्षेत्रमा विभिन्न व्यवसाय गरेर वस्नेहरु चिन्तित भएका छन् । शहिद स्मारक घुम्न पहिला दिनमा २ हजार भन्दा बढि पर्यटक आउने गरेका थिए तर अहिले कोरोना भाईरसको त्रासले गर्दा दिनमा एक सय पर्यटक पनि आउदैनन् शहिद स्मारकका कार्यलय प्रमुख आरसी न्यौपानेले बताए । यो वर्ष सेटेम्बर देखि सुरु भएको सिजनमा पर्यटकको आवागमन निकै उत्साहजनक थियो । तर अंग्रेजी नया“ वर्षको सुरुवातसंगै कोरोना भाईरसको प्रकोपले चीन आक्रान्त हुन थालेपछि पर्यटक संख्या प्रभावित हुदै गएको उनको भनाई छ । शहिद स्मारक घुम्न हेटौंडाकै स्थानीयबासीहरु मात्रै आउने गरेको न्यौपानेले बताए । यसरी नै पर्यकटकहरु लामो समयसम्म आउन बन्द भयो भने यहा“का व्यवसायी संगसंगै शहिद स्मारकको आयमा ¥हास आउन सक्ने उनले बताए । कोरोनाले विश्वमा त्रास फैलिएपछि शहिद स्मारकमा पर्यटन सुस्ताएको हो । शहिद स्मारक नजिक पसल गरेर बसेका बीर बा“नियाले यस अघि यस्तो शहिद स्मारक सुनसान कहिल्यै नदेखेको बताए । पर्यटक आउने मुख्य सिजनमा पनि पर्यटक आउन छाडे पछि त्य“हाका व्यवसायहरु मर्कामा परेका छन् । पसलमा सामान खोज्दै कोही ग्राहक छिरेको थिएनन् । पसलमा पानी पनि एक बोतल बिक्रि नभएको व्यवसायी बानिय“ाले बताए । शहिद स्मारक मकवानपुरको मात्र
होईन मकवानपुरकै महत्वपुर्ण पर्यटक स्थल हो । २०५१ सालमा स्थापना भएको उक्त पर्यटकस्थल शहिदहरु तिर्थस्थल पनि हो । य“हा घुम्न धेरै पर्यटकहरु आउने गर्छन् ।