कोरोना प्रकोप : बंगलादेशमा एक जनाको मृत्यु
गुगलपाटी संवाददाताढाका — बंगलादेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बुधबार एक जनाको मृत्यु भएको छ । कोभिड–१९ को संक्रमणबाट ७० वषभन्दा माथिका एक जनाको मृत्यु सरुवा रोग नियन्त्रण तथा अनुसन्धान संस्थान९आईइडीसीआर०का निर्देशक प्राध्यापक मिरजादी सब्रिनालाई उद्धृत गर्दै द डेली स्टारले जनाएको छ । ती व्यक्ति पहिलेदेखि नै श्वासप्रश्वास, उच्च रक्तचाप, मुटुसम्बन्धी रोग र मधुमेहबाट ग्रसित रहेको निर्देशक सब्रिनाले जानकारी दिएकी छिन् ।
बुधबार दिउँसोसम्म बंगलादेशमा कोभिड–१९ संक्रमितको संख्या १४ पुगेको छ । बंगलादेशमा १६ जनालाई आइसोलेसन र ४२ जनालाई क्वारेन्टाइनमा राखिएको पनि निर्देशक सब्रिनाले जानकारी दिएकी छिन् । आईईडीसीआरले पछिल्लो २४ घण्टामा ४९ जनाबाट नमुना संकलन गरेको छ भने अहिलेसम्म ३४१ जनाको नमुना परीक्षण गराएको छ ।
दक्षिण एसियाली मुलुकहरुमा सबैभन्दा बढी पाकिस्तानमा २५४ जना रहेका छन् । पाकिस्तानमा मंगलबार एक जनाको मृत्यु भएको समाचार पाकिस्तानी सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो । तर बुधबार फेरि पाकिस्तानी अधिकारीहरुले त्यसको खण्डन गरेका छन् ।
स्रोतः कान्तिपुर