अब मकवानपुरमा प्रहरीले होइन मेसिनले फाँड्छ गाँजा
गुगलपाटी संवाददाता मकवानपुर,२ जेठमकवानपुर प्रहरीले दुई वटा गाँजा काट्ने मेसिन ल्याएको छ ।लागू औषध नियन्त्रणका लागि मकवानपुर प्रहरीले यस्तो मेसिन ल्याएको हो । ब्यक्तिले गाँजा फाँड्दा धेरै समय र जनशक्तिको खर्च हुँदै आएकोमा अब दश जना बराबरको गाँजा फाड्न सक्ने मेसिन ल्याइएको मकवानपुर प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए । ‘अब गाँजा फडानीमा पहिलेको जनशक्तिको समस्या पर्दैन’, उनले भने, ‘एउटा मेसिनले २० जना बराबरको काम गर्छ ।’
मकवानपुरलाई लागूऔषध मुक्त बनाउने लक्ष्यका साथ गाँजा खेती निर्मुल पार्न उक्त मेसिन ल्याइएको एसपी श्रेष्ठले बताए । ‘अब गाँजा फाड्न प्रहरी कार्यालय नै रित्तो बनाएर जनशक्ति गाउँ पठाउनुपर्दैन’, उनले भने, ‘गाँजा फडानीमा जनशक्ति कम प्रयोग हुने भएपछि अन्य क्षेत्रको सुरक्षा पनि मजबुत हुन्छ ।’भारतीय सिमा बजार रक्सौल नजिक रहेको मकवानपुर लागूऔषध कारोबारको ट्रान्जिट प्वाईन बन्दै गएको प्रहरीको तथ्याङ्क छ ।