बागमती प्रदेशसभाः सूचनाको हक सम्बन्धि व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल
गुगलपाटी संवाददाताबागमती प्रंदेशसभाको आज बसेको दोस्रो बैठकमा प्रदेशमा सूचनाको हक सम्बन्धि व्यवस्था गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७६ माथि सैद्धान्तिक छलफल भएको छ ।
बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले प्रस्तुत गर्नुभएको विधेयकमाथि सैद्धान्ति छलफल भएको हो ।
उक्त बैठकमा मन्त्री जम्मकट्टेलले सैद्धान्तिम छलफलमाथि उठेका प्रश्नको उत्तर दिनुहुँदै प्रदेशमा सूचनाको हक सम्बन्धि विषयमा सर्वसाधारण नागरिकलाई पारदर्शी एवम् जवाफदेहीका साथ सूचना उपलब्ध गराउन सरकारले संशोधन गर्न आवश्यकता ठानेको बताउनुभयो ।
उहाँले विद्युतीय तथा छापा सञ्चारमाध्यमलाई भरपर्दो जिम्मेवार बनाउँदै राष्ट्रको सूचना प्रवाहलाई गतिशिल र उत्तरदायीबोध गर्ने क्रममा पीडित पक्षको तर्फबाट पनि पुनारावेदन गर्न पाउने अधिकारलाई सूचना ऐनले सुरक्षित राखिएको छ भन्नुभयो ।
सो बैठकमा सूचनाको हक सम्बन्धि विधेयकको सैद्धान्तिक पक्षको छलफलमा सहभागी हुनुहुँदै प्रदेशसभाका सदस्य नरोत्तम वैद्य र रमेश पौडेलले राष्ट्रको सरोकारसँग सम्बन्धित सूचनालाई सर्वसाधारणहरुले माग गरेको खण्डमा सम्बन्धित निकायले प्रत्यक्ष सूचना उपलब्ध गराउनुपर्ने कर्तव्य हुँदाहुँदै पनि सूचना प्रबाह नगर्ने प्रबृत्ति बढेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँहरुले प्रदेशसभाको अघिल्लो बैठकले सूचनाको हक सम्बन्धि विधेयकलाई गम्भीर रुपमा छलफल गरेर ऐन पारित गरिएको भएपनि अहिले सूचनाको हकलाई सबै नागरिकको बिचमा आवश्यकता अनुसार प्रबाह गर्नुपर्ने जरुरी भएको उल्लेख गर्नुभयो ।
प्रदेशसभाको अर्को बैठक भोली चैत्र ६ गते बिहान ११ बजे बस्ने तयारी रहेको सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो ।