विदेशमा रहेका नेपालीलाई सरकारको आग्रह : जहाँ हुनुहुन्छ, त्यहीँ बस्नुस
गुगलपाटी संवाददाताकाठमाडौं : सरकारले विदेशमा रहेका नेपालीहरुलाई जहाँ जस्तो अवस्थामा बसेको हो, त्यहीँ बस्न आग्रह गरेको छ। कोरोना भाइरस फैलिएका युरोप, खाडी मुलुकसहित ५५ देशबाट आगामी चैत ३० सम्म नेपाल आउन रोक लगाइएको अवस्थामा सरकारले यस्तो आग्रह गरेको हो। प्रधानमन्त्री कार्यालयका सचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको ुकोरोना भाइरससम्बन्धी उच्चस्तरीय समितिु सचिवालयका प्रवक्ता नारायण विडारीले नेपालीहरुलाई जहाँ जस्तो अवस्थामा रहेको हो, तत्काललाई त्यहीँ बस्न आग्रह गरेका हुन्। ु५५ देशबाट अहिलेलाई नेपाल आउन प्रतिबन्ध लागिसकेको छु, उनले भने, ुअहिलेलाई तपाईंहरु जहाँ जस्तो अवस्थामा हुनुहुन्छ, त्यहीँ बस्नुस्।ु बिडारीले प्रतिबन्ध लागेका देशबाट आउने तथा ती देशबाट ट्रान्जिट भएर आउन लागेका सबैलाई अहिलेलाई त्यहीँ रोकिन आग्रह गरेका छन्। कोरोना भाइरस फैलिन नदिन भन्दै सरकारले बुधबार खाडी, मध्यपूर्व, जापान, दक्षिण कोरियासहित विभिन्न ५५ मुलुकबाट आउने सबैलाई रोक्ने निर्णय गरेको थियो। अब चैत ३० गतेसम्म ती मुलुकबाट नेपाली या गैरनेपाली कसैले पनी नेपाल आउन पाउने छैनन्। यो नियम शुक्रबार रातिदेखि लागू हुँदैछ सरकारको यो निर्णयले भिसा अवधि सकिएका नेपालीहरु कानुनी झमेलामा पर्ने अवस्था छ। यस्तो अवस्थामा धेरैले स्वास्थ्य जाँचको प्रमाणपत्र लिएर नेपाल आउन चाहेका छन्। तर सरकारले यदि नेपाल आएको अवस्थामा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नै पर्ने बाध्यकारी नियम बनाएको छ। तर प्रतिबन्ध लागेका देशमा रहेका कतिपय नेपालीको भिसा अवधि सकिने अवस्था छ भने कतिपयले नेपाल नआई नहुने काम रहेको बताएका छन्।
स्रोतः थाहाखबर