बागमती प्रदेशसभाको चालु पाँचौ अधिवेशन अन्त्य

गुगलपाटी संवाददाता
६ चैत्र २०७६ १२:२६

बागमती प्रदेशसभाको चालु पाँचौ अधिवेशन अन्त्य भएको छ । बिहिबार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरि आज राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बिहान बसेको मन्त्रीपरिषद् बैठकले अधिवेशन अन्त्य होस् भनि पत्र सिफारिस गरेर पठाएको थियो । सोही अनुरुप प्रदेश प्रमुख प्रसाईले अधिवेशन अन्त्य गरिएको सूचनाको पत्र सभामुख सानुकुमार श्रेष्ठले बैठकमा पढेर सुनाएको भएको हो ।