बजाजको १२५ सिसिको नयाँ पल्सर बाइक सार्वजनिक

गुगलपाटी संवाददाता
६ चैत्र २०७६ १२:३१

हेटौंडाः होराइजन अटो प्रा.लि. ले नयाँ १२५ सिसिको पल्सर बाइक सार्वजनिक गरेको छ । ५० देखि ६० माईलेज दिने र दुवैतिर आकस्मित ब्रेक लाग्ने कम्बो ब्रेकिङ सिस्टम यसको खास विशेषता हो । होराइजन अटो प्रा.लि.का सञ्चालक राजुरत्न बज्रचार्यले बताए । यसको तेल ट्याङकी पनि विशेष खालको छ । अहिले हामी संग ३ वटा छ । यसले बजार लिने कुरामा हामी निश्चिन्त छौं । र अरु बाइक पनि हामी मगाउँदै छौं । सञ्चालक बज्रचार्यले बताए ।