सार्वजनिक सवारीका रुट इजाजत खुला
गुगलपाटी संवाददाताकाठमाडौँ — कोरोना भाइरस (भिड–१९) रोकथामका लागि स्कुल कलेज बिदा गरिएपछि गाउँ फर्कनेहरु धेरै भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीका रुट इजाजत खुला गरेको छ । रुट खुला गरिएपछि शुक्रबारदेखि एउटा रुटमा गुड्ने सवारी अर्को रुटमा गुड्न पाउने छन् ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले भिड बढ्ने सम्भावनाका कारण सवारीका रुट खुला गरिएको बताए ।
योसँगै नयाँ लाइसेन्स र थपको आवेदन बन्द गरिएको छ। तर लाइसेन्स नविकरण कार्य भने खुला राखिने छ ।गाडीमा सिटभन्दा बढी यात्रु चढाउन नपाइने, गाडीमा स्यानीटाइजर अनिवार्य र यात्रुहरुले मास्क अनिवार्य लगाउनुपर्ने विभागले निर्णय गरेकोछ।
स्रोतः कान्तिपुर