२ करोड ६ लाख नक्कली नेपाली नोटसहित ६ जना पक्राउ
गुगलपाटी संवाददाता काठमाडौँप्रहरीले साढे २ करोड नेपाली नक्कली रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई नयाँ बसपाक, गोंगबु क्षेत्र, ललितपुर र कमलपोखरीबाट महानगरीय प्रहरी परिसर टेकुको टोलीले पक्राउ गरेको हो ।
सामान किन्न आएकाहरुसँग शंका लागेर व्यापारीले प्रहरीमा गुनासो गरेपछि पक्राउ परेका उनीहरुमाथि अनुसन्धानका क्रममा ठुलो परिमाणको नक्कली नोट बरामद भएको हो ।
पक्राउ परेकाहरुबाट २ करोड ६० लाख ६३ हजार रुपैयाँ नेपाली नक्कली नोट बरामद गरिएको हो ।
महागरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको बताए । पक्राउ परेकाहरुलाई बुधबारै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भएको छ ।