हेटौंडामा दुई चरणमा दादुरा–रुबेला खोप संचालन

गुगलपाटी संवाददाता
७ चैत्र २०७६ ०५:५१

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका १४ हजार बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने भएको छ ।

हेटौंडामा यही चैत्र ११ गतेदेखि १९ गतेसम्म संचालन हुने दादुरा–रुबेला खोप अभियानमा अन्तरगत नौ महिनादेखि ५ वर्षसम्मका १४ हजार बालबालिकालाई खोप लगाउने भएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा अधिकृत भोला चौलागाईने बताउनुभयो ।

मकवानपुर जिल्लामा पहिलो र दोस्रो गरी दुई चरणमा दादुरा–रुबेला खोप संचालन भइरहेको छ । जसअनुसार पहिलो चरणमा बकैया गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, बागमती र मनहरी गाउँपालिकामा संचालन भइरहेको छ ।

त्यस्तै दोस्रो चरणमा भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, मकवानपुगढी गाउँपालिका, थाहानगरपालिका र हेटौंडा उपमहानगरपालिमा संचालन हुने भएको हो ।

खोप अभियान दुई चरण गरी चैत्र १ गतेदेखि सुरु भई चैत्र २३ गतेसम्म संचालन हुनेछ ।