पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा ३ जना पक्राउ
गुगलपाटी संवाददाताकाठमाडौँ — पूर्वसञ्चारमन्त्री तथा नेकपाका नेता गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बिहीबार काठमाडौंका विभिन्न ठाउँबाट प्रतिबन्धित नेत्रविक्रम चन्द समूहमा आबद्ध कैलालीका लक्ष्मण सेठी र अमृत कुमाल तथा कालीकोटका टेक लोहार९विशेक गिरी० लाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।
यसअघि विस्फोट भएकै दिन प्रहरीले मनोहरा सुकुम्बासी बस्तीबाट देवीप्रसाद गुरुङलाई पक्राउ गरेको थियो ।
गत फागुन २८ गते भक्तपुरको लोकन्थलीस्थित पूर्वमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा कुकर बम विस्फोट गराइएको थियो । विस्फोटबाट बाँस्कोटाको घरसँगै रहेका अरु तीन वटा घरमा पनि सामान्उ क्षति पुगेको थियो ।
स्रोतः कान्तिपुर