राक्सिराङमा नेतृत्व विकास तालिम
गुगलपाटी संवाददाता
चेपाङ महिलाहरूलाई लक्षित गरी आदिवासी जनजाति महिलाहरूको खाद्य अधिकारसम्बन्धि पैरवी तथा नेतृत्व क्षमता विकास तालिम पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ५, चैनपुरमा सम्पन्न भएको छ।
आदिवासी जनजाति महिला समूह नेपालले अन्तर्राष्ट्रिय आदिवासी जनजाति महिला मन्चको आर्थिक सहयोगमा तालिम आयोजना गरेको हो ।
आदिवासी जनजातिको परिचय, आदिवासी जनजातिको अधिकारहरू, खाद्य अधिकार, खाद्य अधिकारका लागि स्रोतहरू लगायतका बिषयमा प्रशिक्षण दिईएको थियो ।
तालिममा राक्सिराङका २७ महिलासहित ४४ जनाको सहभागिता रहेको थियो । आदिवासी जनजाति महिला समूह नेपालकी केन्द्रीय अध्यक्ष लक्ष्मी गुरूङ, मकवानपुर जिल्ला संयोजक उर्मिला पुलामी मगर लगायतले सहजिकरण गरेका थिए