१२ वर्ष पुग्दा पनि जन्मदर्ता बनेन्
निशा गुरुङ
हेटौंडा÷ मनिसको सवैभन्दा पहिलो अधिकार जन्मदर्ता हो । त्यहीबाट अधिकार र पहिचानको सुरुवात हुन्छ । तर हेटौडा उपमहानगरपालिका १३ की एक बालिकाले अहिलेसम्म जन्मदर्ता हुन सकेको छैन । पदमपोखरी वनस्पतिकी १२ वर्षीया विष्णुमाया सिन्तानको अहिलेसम्म जन्मदर्ता हुन सकेको छैन ।
उनी १२ वर्षको उमेरमा कक्षा १ मा अध्यनरत छिन् । उनका बुवाले सानैमा छोडेर गएपछि उनी भाडाको घरमा आमा र दुई दाजु संगै बस्दै आएकी छिन् । उनको आमाले पनि आखा देख्न सक्दिनन् । आर्थिक अबस्था नाजुक छ । विष्णुमायालाई हेटौडा १३ का वडा सदस्य जिबन लामाले विधालयमा भर्ना गरिदिएका हुन् । विष्णुमायाको जन्मदर्ता नै छैन उनको दुई दाजु मुकेश सिन्तान र रमेश सिन्तानको नागरिकता बनाएको छैन । उनकी आमा आखा देख्न नसके पनि बालुवा चालेर घर खर्च टारिरहेको बिष्णुमायाले बताईन । उनी स्थानीय विधालय युग चेतना नमुना आधारभुत विधालयमा अध्यरत छिन् । विष्णुमाया परिक्षा सकेर बसिरहेकी छिन् । उनलाई जन्म दर्ता नहुदा विधालयमा धेरै समस्या भईरहेको छ । विधालयका शिक्षकहरुले जन्म दर्ता बनाउन आग्रह गरिरहेको बिष्णुमायाकी आमाले बताईन । उनको बुवा नभएर जन्मदर्ता नभएका होइन आमालाई आफनो श्रीमान अर्थात विष्णुमायाको बावुको नामसमेत जानकारी छैन । उनीहरु बनस्पतिमा घर भाडामा लिएर बसिरहेका छन् । दुई छोरा टयाक्टरमा काम गरेर विहान वेलुका खानका लागि जोहो गर्छन ।
छिमेकीहरुले पनि उनीहरुलाई जन्दर्र्ता बनाउनु पर्छ भनेर कसैले पनि भनेका छैनन् । छोरीलाई धेरै पढ्ने रहर भएको तर जन्मदर्ता पनि बनाउन नसक्दा धेरै समस्या भएको उनकी आमाले बताइन । आर्थिक अवस्था नाजुक भएका कारण छोरीलाई पनि पढाउन सकेको थिएन तर वडा सदस्य लामाले विधालयमा भर्ना गरेर कापि कलम दिएपछि छोरी पढ्न गएको उनले भनिन् । जे गर्न नी कागज पत्र चाहिने हुदा श्रीमान नै नभएपछि छोरा छोरीको जिन्दगी बर्बाद हुन्छ भनेर पिर लाग्छ उनले भने , उनीहरुलाई आफनो कागज पत्र नबन्ने पिर परेको छ । धन सम्पत्ति भन्दा पनि पहिचान ठुलो भएको हुदा पहिचान बनाउन मुस्किल परेको दाई मुकेशले बताए ।