लकडाउनमा नागरीकको भूमीका

गुगलपाटी संवाददाता
१८ चैत्र २०७६ १५:२४

            लेखक किशोर कुमार बिष्ट अधिबक्ता

लेखक किशोर कुमार बिष्ट अधिबक्ता
 लकडाउन

बिश्वब्यापी रुपमा फैलिइ आएको कोरोना भाइरस(कोभिड१९)को संक्रमणको महामारिको सम्भाबित असहज र असामान्य परिबेशमा राज्यले आपना नागरीकका जिउ ज्यानको उच्चतम सुरक्षाको लागी आफूमा निहित अभिभाबकीय हैसियतको प्रयोग गरी नागरीकहरुलाइ आ आपना निबासमा सुरक्षित साथ रहनका लागी असामान्य अबस्थामा जारी गरेको आदेश हो । यो आदेश जारी रहँदाको अबस्थामा सामान्य नागरीकहरुमा निहति नागरीकका हकहरुकोे प्रयोग तोकीए बमोजिम मात्र हुने गर्दछ । यस अबस्थामा राज्यले संकटकालिन अबस्थाको घोषणा गर्न वा नगर्न सक्दछ । संकटकालको घोषण गरीएमा नागरीकका मौलिक हकहरु स्वतह निलम्बन हुने गर्दछ भने संकटकालको घोषणाको अभाबमा लकडाउनको आदेश जारी गरीएमा तोकीए बमोजिम नागरीक अधिकारको अभ्यास हुन सक्दछ तर त्यो राज्यको निर्देशनको अधिनमा रहि अभ्यास गर्नु पर्दछ । समयसापेक्ष रुपमा सृजित असामान्य अबस्थाको परिबेशमा लकडाउन बिभिन्न किसीमको हुने भएको हुँदा सोलाइ आदेशको प्रकृतिको परिबेशमा एकीन गर्नु सान्दर्भिक हुने गर्दछ । हाल नेपालमा बिद्यमान रहेको लकडाउनको अबस्था बिश्वब्यापी रुपमा सृजित कोराना भाइरस (कोभिड१९) को महामारीको संक्रमणको बिस्तार हुनमा रोकथाम नियन्त्रण गरी आम जनतामा महामारी संक्रमणको जोखिम न्यनिकरणका उदेश्यका साथ अत्यन्त बिबेकपूर्ण रुपमा जारी गरीएको आदेश हो । लकडाउनको अर्थ पूर्ण रुपमा बन्द (रोकथाम) गर्नु भन्ने भएको हुँदा सो को प्रयोग प्रस्तुत परिबेशमा नागरीकले आपनो नागरीकिय हकको प्रयोगका साथ एक स्थानबाट अर्को स्थानमा हुने आबागमनलाइ पूर्ण बन्देज(रोकथाम) गरीएको भन्ने मानिनु सान्दर्भिक नै हुन्छ ।

 राज्यले लकडाउन घोषणा गर्ने अबस्था
राज्यमा आइ परेकोे असमान्य परिस्थिती जसको कारण जन, धन र अस्थित्वमा चरम संकटको अबस्था आइपर्न सक्ने गम्भिर असहज अबस्थामा सृजित परिस्थितीको सूक्ष्म बिष्लेषणात्मक अध्ययन गरी असमान्य परिस्थितीलाइ राज्यले आपनो नियन्त्रणमा राख्नको असल उदेश्यका साथ राज्यको सिमित वा पूर्ण क्षेत्रमा यस किसीमको आदेश जारी गर्न सक्दछ । नागरीकहरुको लागी के कस्ता निर्देशनहरुका साथ लकडाउनको आदेश जारी गर्ने भन्ने बिषय तत्कालिन समयको परिबेशले निर्धारण गर्ने हुँदा राज्यमा परि आएको परिस्थितीको आंकलनका साथ जारी गरीने यस्ता आदेशको परिपालना गर्नु नागरिकहरुको कर्तब्य हो । हाल नेपालमा भै आएको लकडाउनका अबस्थामा नागरिकले पालना गर्नु पर्ने कर्तब्य र राज्यले उपलब्ध गराउने सुबिधाको सम्बन्धमा समेत सूसूचित गरी आएको छ ।यद्यपी राष्ट्र्रिय र अन्तराष्ट्र्यि रुपमा भै आएको लकडाउनको सम्बन्धमा आम जनता पूर्ण रुपमा अभ्यस्त नभएका कारण सुरुका दिनमा यस आदेशको परिपालना गर्न गराउनमा पूर्ण सहजता नभएको नै पाइयो तापनि समय संगसंगै नागरीकमा बढदै गएको चेतनाका कारण आदेश पूर्ण कार्यान्वयन तर्फ उन्मुख रहेको यथार्थमा द्धिबिधा समेत छैन । तसर्थ अन्तराष्ट्र्यि रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९)को महामारीको संक्रमणको गंम्भिर आशंकको अबस्थामा सृजित परिस्थितीलाइ राज्यले आपनो काबुमा राखी आपना नागरीकको सूरक्षाको लागी राज्यले लागु गरेको लकडाउनको आदेश सक्रामक रोग ऐन २०२० को कानूनी ब्यबस्था समेतको प्रयोगको साथ भएको छ, सो कानूनी ब्यबस्था बिषेश कानूनी ब्यबस्था भएतापनि हाल नेपालमा प्रचलनमा रहेको मुलकी अपराध संहिता २०७४ को दफा १०४ को कानूनी ब्यबस्थाको भाबनालाइ समेत यसका साथ राखी हेरिनु थप सान्दर्भिक हुन सक्ने अबसथा पनि छ । त्यस्तोमा बिश्वब्यापी संक्रामक रोगको रुपमा नेपाल प्रबेशको अबस्थामा पुगेको कोरोना भाइरस आम नागरिकमा संक्रमित हुनु पूर्ब राज्यले पूर्ण सजगताका साथ अबलम्बन गरेको लकडाउनको आदेश नागरिकको बाँच्न पाउने हकको उच्च कदरको रुपमा बुझिनु पर्दछ । यस परिबेशलाइ पूर्ण आत्मसाथ गरी मानबिय मूल्यको जर्गेनाको हेतु जारि भएको आदेशको पूर्ण परिपालनाका साथ आम नेपाली नागरीकले मुक्क्तकण्ठले प्रशंसा गर्नु नै स्वभाबिक हो ।

 लकडाउन सम्बन्धि अन्तरराष्ट्रिय अभ्यास

हालको परिबेशमा लकडाउनको कार्यान्वयन बिभिन्न देशमा भै आएको अबस्था छ । INTERNATIONAl CONVENT ON ECONOMIC, SOCIAL AND CULTURAL RIGHTS 1996 धारा १२(१)(२) को ब्यबस्था लगायतका अन्य सन्धि संझौतामा भएका ब्यबस्थाहरु समेतलाइ हेर्ने हो भने पक्षराष्ट्रहरुले आपना नागरीकहरुको शारिरीक र मानसिक स्वास्थ्यको उच्चतम हित हुने कार्यमा समाहित हुने भनी उल्लेख गरीएको पाइन्छ । तत् परिबेशमा हाल अन्तराष्ट्र्यि रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९)को महामारीको संक्रमणको गंभिर आशंकापूर्ण अबस्थालाइ अंगीकार गरी धेरै देशमा हाल लकडाउनको अबस्था चलि आएको छ । लकडाउनको अबस्थामा रहेका देशहरुमा कोभिड१९ को संक्रमणको महामारी नियन्त्रणमा रहेको आभास भै रहेको अबस्थामा नै लकडाउनमा नगएका देशहरुमा संक्रमणको अनुपात मानब सभ्यताको समाप्तीको झल्को दिने भयानक हुन पुगेको छ । यो अन्तरराष्ट्र्यि मान्यतामा आधारीत लकडाउनको अन्तरराष्ट्र्यि रुपमा भएको अंगीकार र शसक्त्त कार्यान्वयनबाट बिश्वब्यापी संक्रमणको महामारीको प्रकोेपबाट उनमुक्त्ति हासिल गर्न सकिने उदाहरण शक्त्ति राष्ट्र्हरु मध्येको हामीहरुको छिमेकी राष्ट्र् चिनले प्रस्तुत गरी सकेको छ । हाल लकडाउनका क्रममा रहेका देशहरुमा कोरोना भाइरस (कोभिड१९)को महामारीको संक्रमण क्रमश न्यून हुदै जाने अपेक्षा गर्न सकिन्छ ।

 लकडाउनको संबेैधानिक र कानूनी बल

सक्रामक रोग ऐन २०२० को प्रस्ताबनालाइ हेर्ने हो भने नेपालभर वा त्यसको कुनै भागमा कुनै स.क्रामक रोग फैलिएमा वा फैलिने सम्भाबना देखीएमा त्यस्तो रोगले उग्र रुप लिन नपाउने गरी रोगको निर्मूल गर्न वा रोकथाम गर्नको लागी उपरोक्त्त कानूनी ब्यबस्था भएको पाइन्छ । उपरोक्त्त कानूनी ब्यबस्थाको मर्म नेपालको संबिधान २०७२ को प्रस्ताबनाको मर्मसंग मिलान भएको अबस्था हुँदा हाल राज्यमा देखीएको कोरोना भाइरस (कोभिड१९)को महामारीको संक्रमणको गंम्भिर आशंकको अबस्थामा राज्यभर लकडाउन गर्ने गरी भएको आदेश भएको पाइन्छ । आदेशको कार्यान्वयनका लागी राज्यले अन्य ब्यबस्थापनाका साथ साथै सक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम संका्रमक रोगको जाँचबुझ गर्नको लागी टोली खटाउन लगायत आबाश्यक अन्य आदेश समेत जारी गर्न सक्ने देखीन्छ । जसबाट हाल नेपालमा रहको लकडाउनको अबस्थामा आबश्यकता अनुसारका थप आदेशहरु समेत भै लकडाउनको सत्रप्रतिशत कार्यान्वयनमा पुग्नुमा सक्रामक रोग ऐन २०२० को भाबना र मनसाय सफलिभूत भएको मान्नु पर्ने हुन्छ ।

 लकडाउनमा असल नागरीकको पहिचान
संक्रामक रोगको आधारभूत लक्ष्यणहरुको सम्बन्धमा पूर्ण जानकारी लिने दिने , सो अबस्थामा अत्याबश्यकीय सेवाको आबाश्यक परेमा सो प्राप्त गर्ने सम्बन्धमा जानकार लिने दिने , संक्रामक रोगको जोखिम बर्ग ( कोभिड१९संक्रमित बिदेशी मुलकबाट आएका ब्यक्त्ति)को पहिचान गर्नमा राज्यलाइ सहयोग गर्ने , लकडाउनको समयमा राज्यले दिएका निर्देशनहरुको पूर्ण रुपमा आफूले परिपालना गर्ने , अरुलाइ पारिपालना गर्नमा अभिप्रेरित गर्ने गराउने , संक्रमणको शंका लागेमा तत्काल राज्यलाई शालिनता पूर्बक राज्यसंयन्त्रलाइ जानकारी गराउने , दैनिक उपभोग्य बस्तुको अनुशासनपुर्ण उपभोग गर्ने , खाद्यान्नको उनुचित प्रयोग हुनबाट रोक्ने सचेत रहने , लकडाउन सिगो राज्यको महामारी बिरुद्धको त्यस्तो अभियान हो जसमा मन बचन र कर्मले नागरीकले आपनो सकारात्मक भूमिका निर्बाह गर्नु पर्दछ, यसैले सच्चा नागरीकको भूमीका प्रदर्शन हुन सक्दछ ।

 लकडाउनमा राज्यको नागरीक प्रति जिम्मेवारी
राज्य अबिभाबक हो , अभिभाबकको हैसियतमा आम नागरीक प्रति राज्यको गम्भिर जिम्मेवारी छ । लकडाउनको समयमा आपना नागरीकलाइ प्रबाह गर्नुपर्ने सेवा सुबिधामा राज्य किञ्चित चुक्नै हुदैन । राज्यमा उपलब्ध श्रोत साधनको उच्चतम् उपयोगको साथ महामारीको संक्रमणको अबस्थामा आपना नागरकिहरुलाइ सुरक्षित राख्नमा राज्य दृढ हुनको बिकल्प नरहेको प्रस्तुत परिबेशमा सो गर्न नसकीएमा गहन कमजोरी हुन गै सो अक्षम्य हुन सक्ने खतरा समेत रहन सक्दछ । हाल राज्यमा रहेका ब्याग कारखाना , जुत्ता कारखाना , गार्मेन्ट जस्ता उद्योगलाइ राज्यले आपनो प्रत्यक्ष निगरानीमा लिइ तहाँबाट ब्यक्त्तिगत सुरक्षाका साधनहरुको उत्पादन गरी सो कार्यगत गहनताको आधारमा चिकित्सा क्षेत्र लगायतका आबाश्यक क्षेत्रमा उपलब्ध गराइदै लगिएमा सो ले राज्यको नागरीक प्रतिको दायित्व निर्बाहमा राज्यको गम्भिरता थप रुपमा नागरीकले महसुस गर्ने अबस्था रहन्छ । राज्यको आदेशले आपना घर कम्पाउण्ड भित्र रहि बसी आएका नागरीकहरुको सहाराको एकमात्र धरोहर राज्य नै हो । अन्य बिकल्प बिहिन अबस्थामा रहेका नागरीकको ज्यू ,धन, र तोकए बमोजिमको स्वतन्त्रतालाइ राज्यले नै सुरक्षित गर्नु पर्दछ । लकडाउनको समयमा आकस्मिक रुपमा घर बाहिर निस्कनु पर्दाको अबस्थामा घर बाहिर गएको नागरीकले आफू पूर्ण सुरक्षित रहेको महसुस गर्न सक्ने ब्यबस्था गर्नु राज्यको जिम्मेबारीको बिषय हो । लकडाउनको समयमा जसरी खाद्यान्न र दुध, सागपात किन्नको लागी समय छुटयाइएको छ सो पर्याप्त ब्यबस्थापनका साथ आम नागरीकले अनुभुति गर्न सक्ने अबस्था सृजना गरिनु पर्दछ । निजी यातायातको साधनको प्रयोगलाइ पूर्ण ब्यबस्थित र सुरक्षित संचालन गर्ने ब्यबस्था गरीनु पनि त्यति असान्दर्भिक हुन सक्दैन । जसले निजी क्षेत्रबाट लकडाउनमा रहेका नागरीहरुलाइ आपसमा सेवा प्रबाह गर्न सक्ने अबस्था हुन्छ तर ब्यबस्थापन र स्वास्थ्य सुरक्षामा भने पूर्ण सजग रहनु राज्यको जिम्मेवारीको बिषय पनि हो ।

 महामारी नियन्त्रणको अचुक उपाय लकडाउन
हाल हाल लकडाउनका क्रममा नरहेका देशहरुमा कोरोना भाइरस (कोभिड१९)को महामारीको संक्रमण अनुपात र लकडाउन भएका देशहरुमा रहेको संक्रमणको अबस्थालाइ राज्यद्धारा घोषित लकडाउनको अबस्थासंग तुलनात्मक रुपमा बिश्लेषण गरी हेर्ने हो भने बिश्वब्यापी महामारीको रुप धारण गरी सकेको कोरोना भाइरस (कोभिड१९)को लकडाउनका क्रममा रहेका देशहरुमा संक्रमणको अबस्था कम रहेको देखिन्छ भने हालसम्म लकडाउनमा नगएका र लकडाउनमा जानमा बिलम्ब गरी आएका देशमा यसको अबस्था भयाबह भै सकेको देखीएको परिबेशमा कोरोना भाइरस (कोभिड१९)को महामारीको संक्रमण न्यूनिकरणका प्रारम्भिक शर्त नै लकडाउन हो । लकडाउनका क्रममा महामारीको संक्रमणको अबस्थामा रहेकाहरुको पहिचानलाइ अत्यन्त तिब्रता दिनु आबाश्यक छ । आपसी सामिप्यता र संसर्गको माध्ययमबाट सहज रुपमा सर्ने भाइरसको नियन्त्रणको अचुक उपाय लकडाउन नै हो । लकडाउनलाइ पूर्ण सफल बनाउनको लागी राज्यले आपना जनताप्रतिको जवाफदेहितामा कहि चुक्नै हुदैन । उल्लेख गरीए बमोजिम जनताबाट आपना कर्तब्य निर्बाहका साथ लकडाउनलाइ पूर्ण सहयोग र साथ दिइ रहँदाको अबस्थामा राज्यले संक्रमित पहिचानको कार्यलाइ अभियानको रुपमा नै अगाडी बढाउनु पर्दछ । जसबाट कोभिड१९को महामारीको संक्रमण न्यूनिकरणका लागी लकडाउन अचुक उपाय प्रमाणित हुने अपेक्षा स्वभाबिक हुनेछ ।
 लकडाउनमा नागरीक समाजको सक्रियता
बिश्वब्यापी महामारीको रुप धारण गरी सकेको कोरोना भाइरस (कोभिड१९)को संक्रमणबाट आम जनतालाइ सुरक्षित गर्नको लागी राज्यले जारि गरेको लकडाउनको घोषणा सकारात्मक आदेश हो । यो आम जनताको बाच्न पाउने हकमा अधारीत रहेको हुँदा यसको सकारात्मक पक्षहरुको मुक्त्त कण्ठले आम जनमानसमा सुसुचित गर्नु नागरीक समाजको कर्तब्य हो । सक्रामक रोग ऐन २०२० आउँदाको अबस्थामा समेत यस परिस्थितीको परिकल्पनाका साथ उपरोक्त्त कानूनी ब्यबस्था गरीएको पाइन्छ । कोरोना भाइरस (कोभिड१९)को संक्रमण हुन सक्ने अबस्थाहरु , सोबाट बच्नका लागी अबलम्बन गर्नु पर्ने उपाएहरु , संक्रमण भै हालेको अबस्थामा पनि सोको उपचारका लागी निर्धारण गरीएका चिकित्सा केन्द्र वा क्वारेन्टाइन र आइसोलेशन सेन्टर , निजी घरमा रहने क्वारेन्टाइन जस्ता बिषयमा आम जनमानसलाइ सुसुचित गरी नागरीकहरुको संक्रामक रोग बिरुद्धको भद्र लडाँइमा बिजय हासिल गर्नमा नागरीक समाजको महतवपूर्ण भुमिका रहन सक्ने यथार्थतालाइ मनन गरीनु पनि आफैमा महत्वपूर्ण हो भने नागरीकको सचेतनाले बिश्वब्यापी संक्रमणको महामारी नियन्त्रण सम्भब हुने यथार्थतालाइ पनि आत्मसाथ गरी उत्तिकै आबश्यक छ । नागरीक समाजको सकारात्मक सचेतनाले राज्यको लकडाउनको उदघोष सफलिभुत हुनमा सहयोग मिल्दछ ।
 लकडाउनमा चिकित्सा क्षेत्रको भूमीका

चिकित्सा क्षेत्र मानब जिबनसंग सम्बन्धित क्षेत्र भएको हुँदा यसको महत्वलाइ राज्यले अत्यिन्त महत्वकासाथ मनन गर्नुपर्ने अबस्था रहन्छ । बिगतमा नेपालमा आएको महाभुकम्पको अबस्थामा होस वा सिंगोराज्य बाढिपहिरोको चपेटामा परको अबस्था , जनयुक्त्तको क्रममा होस र नागरीक आनदोलनका समयमा होस् चिकित्सा क्षेत्रले आम नेपाली जनमानसमा पुरयाएको योगदानका कारण कोरोना भाइरस (कोभिड१९)को महामारकिो संक्रमण यस अबस्थामा पनि आम जनमानसबाट चिकित्सा क्षेत्रबाट अधिक अपेक्षा राख्नु स्वभाबिक हो । बिश्वब्यापी रुपमा फैलिएको भाइरसको हालसम्म कुनै औषधि पत्ता लागी नसकेको अबस्थामा पनि चिकित्सा क्षेत्रबाट यसको न्यूनिकरण र निदान गर्न सम्भब रहेको उदाहरण छिमेकी मुलुक चिनले प्रस्तुत गरी सकेको नै छ । चिकित्सा क्षेत्रमा कार्यरत नेपाली जनशक्त्तिको अबस्थालाइ हेर्ने हो भने हाल नेपालमा उपलब्ध जनशक्त्तिको पर्याप्त परिचालन हुन सकेमा राज्यले कोरोना भाइरस (कोभिड१९)को महामारकिो संक्रमणबाट उन्मुक्त्ति लिन सक्ने अबस्था हुनसक्छ । कोरोना भाइरस (कोभिड१९)को महामारिको रोकथामको लागी चिकित्सा क्षेत्रको अग्रणि भूमीका रहने भएका कारण सो क्षेत्रमा कार्यरत चिकित्सक, नर्स तथा पारामेडिक्सहरुलाइ राज्यले अनिबार्य रुपमा ब्यक्त्तिगत सुरक्षाका साधनहरु (-Personal Proctetive equipments _ PPE ) को ब्यबस्थाका साथ कार्यगत उत्पे्ररणका यथा ब्यबस्था गरी कार्यक्षेत्रमा समर्पित रहनका प्रेरीत गर्ने, चिकीत्सा क्षेत्रमा समर्पित जनशक्त्तिको अधिकतम् परिचालनको लागी सम्बन्धित बिषय बिज्ञहरको मातहतमा केन्द्रिय स्तरको कोरोना भाइरस (कोभिड१९) नियन्त्रण केन्द्र गठन गरी तत् सम्बद्ध सूचनाहरु सोहि केन्द्रले प्रबाह गरे अनुरुपमात्र प्रबाह गर्ने । निजी क्षेत्रबाट संचालित अस्पतालामा कार्यरत चिकित्सकहरुद्धारा निजी अस्पतालमा कार्य गर्नमा उदाशिनता देखाइएको अबस्था भएमा त्यस्ता अस्पतालहरुको अभिलेखिकरण गरी राज्यले आपनो पहुँचको प्रत्याभूति दिनु पर्दछ । चिकीत्सा क्षेत्रमा कार्यरत जनशक्त्तिमा कोरोना भाइरस (कोभिड१९)को संकमण हुन सक्ने अधिक सम्भाबनाका अबस्थालाइ मध्यनजर गरी संलग्न जनशक्त्तीको कम्तिमा २० प्रतिशतलाइ राज्य कै पूर्ण दायित्वमा क्वारेण्टाइन वा आइसोलेशनमा राख्नको लागी ब्यबस्था गर्ने । चिकीत्सा क्षेत्रमा कार्यरत जनशक्त्तिको पूर्ण परिचालनबाट मात्र नेपालमा कोरोना भाइरस (कोभिड१९)को संकमण न्यूनिकरण गर्न सम्भब हुने हुँदा चिकित्सा क्षेत्रको जनशक्क्तिलाइ पूर्ण क्षमतामा परिचालित गर्ने । चिकित्साक्षेत्रमा कार्यरत जनशक्त्तिलाइ राज्यको श्रोत साधनले सम्भब हुने बिमा लगायतका सुबिधाहरु उपलब्ध गराइ पूर्ण रुपमा परिचालन गर्ने , हालसम्म औेषधि पत्ता लागी नसकेको संकमण र महामारीको अबस्था हुँदा संक्रमणबाट बच्नको लागी रोग प्रतिरोधात्मक क्षमता बृद्धिगर्ने ग्राहस्थ रुपमा उपलब्ध बस्तुहरुको अधिक उपभोगको लागी गठीत केन्द्रबाट पर्याप्त सूचना प्रबाह गरी असहज परिस्थितीको अबस्थामा निश्चित कर्तब्य तोकीएका जनशक्त्तिबाट तोकिए बमोजिमको कर्तब्य निर्बाहमा उत्प्रेरित गरिनु आबश्यक देखीन्छ ।