दैनिक ५ सय बढीलाई खाजा तथा पानीको सेवा

गुगलपाटी संवाददाता
१९ चैत्र २०७६ ०८:१७

हेटौंडाका युवाहरुले दैनिक पाँचसय जना बढिलाई खाजा तथा पानी खुवाउदै आएको अभियानमा संलग्न युवाहरुले बताएका छन् ।
कोरोना भाइरस संक्रमण रोक्न सरकारले लकडाउन गरेपछि घर जान हिँडेका यात्रु र सुरक्षाकर्मीहरुलाई बिगत् ६ दिनदेखि हेटौंडा ४ स्थित पूर्व पश्चिम राजमार्गमा खाजा र पानी खुवाउने काम भइरहेको हो ।


नेचुरल वेभरेजका सञ्चालक ध्रुव अधिकारी र न्यु राजु फिस सप्लायर्सका सञ्चालक मुकेश कुमार शाहले सुरु गरेको अभियानमा अन्य युवाहरुले पनि साथ दिँदै आएका छन् । मंगलबारसम्म एमजी शोरूमको तर्फबाट सञ्चालक विजय श्रेष्ठ र देव खत्री, एन्टाटीक बिस्कुटको तर्फबाट रामहरि न्यौपाने, प्रवेश धिताल(कुन्दन), महेश प्रसाद चौधरी र प्रकाश प्रसाद शाह लगायतले सहयोग उपलब्ध गराएका छन् ।
यो अभियानको लागि आवश्यक सम्पूर्ण पानि हेटौंडा ९ स्थित नेचुरल वेभरेज (अमृत जल) ले उपलब्ध गराएको सञ्चालक अधिकारीले बताए । अभियानको संयोजन हेटौंडा उपमहानगरपालिका, टोल विकास संस्था नगर समन्वय समिति र हेटौंडा एरियामा रहेका सम्पूर्ण लायन्स तथा लियो क्लबहरूले गरिरहेको छ ।