अत्यावश्यक सामग्री निशुल्क सहयाेग
गुगलपाटी संवाददाताश्रीकृष्ण प्रणामी सेवा समिति नेपाल मकवानपुर गढी ५ सुन्दरधाम ले अाज ईश्वरी प्रावि मकवानपुर गढी ६ मा रहेकाे अाईसाेलेसन वार्डलाई चाहिने अत्यावश्यक सामग्री निशुल्क सहयाेग गरेकाे छ । काेभिड १९ काे संक्रमण विरुद्ध सुरक्षाका निम्ति स्थापना गरिएकाे ५ शैयाकाे अाईसाेलेसनलाई अावश्यक सामग्री सहयाेग गरिेएकाे विद्यालयका प्रधानाध्यापक सुनिल गाैतमले जानकारी दिनुभयाे ।
समितिले अाईसाेलसन वार्ड मा अाउने सम्भावित विरामीलाई र स्वास्थ्यकर्मीलाई चाहिने करिव ३५० माक्स, सेनिटाईजर, डेटाेल साबुन, २ थान बाल्टी, ग्लाेव्स, डाेरम्याट लगायत सामग्री सहयाेग गरेकाे हाे ।
६ नं वडाका वडा अध्यक्ष टीका प्रसाद दाहालकाे प्रमुख अातिथ्यता रहेकाे कार्यक्रममा, प्रणामी सेवा समितिका अध्यक्ष बालकृष्ण घिमिरे, सचिव देबी प्रसाद अधिकारी, लिलाराज बञ्जारा, शिबराज तिमल्सेना, रामकृष्ण दाहाल, कृष्णप्रसाद हुमगाई, रामजी सापकाेटा लगायतकाकाे उपस्थिती रहेकाे थियाे । प्रणामी सेवा समितिले वडा नं ६ कै बागदली र डुम्रेकुना क्षेत्रलाई अावश्यक सामग्री समेत अाजै वितरण गरेकाे सचिव देवीप्रसाद अधिकारीले बताउनुभयाे । समितले सरकारले गरेकाे लकडाउनलाई पूर्ण रुपमा परिपालना गरि सामाजिक दूरी कायम गर्दै काेभिड १९ लाई परास्त गर्न समेत सबैलाई अाह्वान समेत गरेकाे छ । नेपालमा काेभिड १९ काे साताैं संक्रमित ब्यक्ति समेत अाजै भेटिएकाे अपुष्ट चर्चा चलिरहेकाे सन्दर्भमा थप सुरक्षित रहन सम्पूर्ण देशवासीमा समितिले अाह्वान गरेकाे छ ।