तथ्याङ्क राख्दै परिक्षण गदै कैलाश गाउँपालिका

गुगलपाटी संवाददाता
२२ चैत्र २०७६ १४:१२

नामटार : मकवानपुरको कैलाश गाउँपालिकाले विदेशबाट आएका व्यक्ती र उनको परिवार सहित स्थानीयलाई निगरानीमा राखेको छ । गाउँपालिकाले स्थास्थ्य चौकीहरुमा ज्वरो, सुख्खा खोकी लगायत कोरोना भाइरस सँग सम्बन्धित लक्षणहरु देखा पर्न सक्ने भन्दै निगरानी बढाएको पालिका अध्यक्ष टंक मोक्तानले बताएका छन् । अध्यक्ष मोक्तानले शनिबार नामटार स्वास्थ्य चौकीमा फिवर गन र स्वास्थ्यकर्मीको सुरक्षा सामाग्री हस्तान्तरण गर्दैै स्वास्थ्यकर्मीहरुलाई सुरक्षित भएर सामान्य लक्षणहरुको परिक्षण गर्न आग्रह गरेका हुन् ।
परिक्षण गर्दा कोरोना भाइरसको लक्षण देखा परे तुरुन्तै क्वारेन्टाईनमा राख्ने र अवस्था हेरी स्वाब परिक्षण गर्न हेटौंडा पठाउने तयारी गरेको अध्यक्ष मोक्तानले बताए । गाउँपालिकामा विदेशबाट आएकाहरुको तथ्याङ्क राखी पालिकाले होम क्वारेन्टाईनमा राखिरहेको छ । आवश्यकता अनुसार कालिकाटारमा क्वारेन्टाईनमा राख्ने समेत तयारी पुरा भएको उनले बताए ।
अहिले गाउँपालिकाको स्वास्थ्य संस्थाहरुले ज्वरो नाप्ने, सुख्खा खोकी तथा कोरोना भाईरसको लक्षणहरुलाई मध्यनजर गर्दै फिवर गन सहित सामान्य शरिरको परिक्षण धमाधम गरिरहेको छ ।