सामाजिक बिकास मंत्रालयले सार्वजनिक गर्यो पाश्र्वचित्र

गुगलपाटी संवाददाता हेटौंडा,३ जेठ
३ जेष्ठ २०७५ ०९:२३

प्रदेश नम्बर ३ को सामाजिक बिकास मंत्रालयले प्रारम्भिक पाश्र्वचित्र सार्वजनिक गरेको छ।
राजधानी हेटौंडामा बिहीबार एक कार्यक्रमको आयोजना गरी सामाजिक बिकास मंत्री युवराज दुलालले प्रदेशको स्वास्थ्य तथा शिक्षाको बिकास र पहुँचका लागि यस्तो चित्र प्रश्तुत गरेका हुन् । उनले सार्वजनिक गरेको पाश्र्वचित्रमा प्रदेशको समग्र शिक्षा तथा स्वास्थ्य र महिला बिकासको अवधारणा समावेश गरिएको छ ।

कार्यक्रममा बोल्दै मुख्य मंत्री डोरमणी पौडेलले प्रदेश नम्बर ३ लाई बाल श्रमिक मुक्त प्रदेश बनाइने बताए । उनले बालविवाह मुक्त प्रदेश घोषणाको तयारीमा आफुहरु रहेको बताए । यसरी नै सामाजिक बिकासमंत्री दुलालले यो प्रदेशमा ८ सय ९८ सरकारी संस्थामा सहज रुपमा स्वास्थ्य सेवा पु¥याउनु आफ्नो लक्ष्य रहेको बताए । उनले प्रदेशमा अझैपनि २० प्रतिशत ब्यक्तिहरु प्रिवार नियोजनको पहुंचभन्दा टाढा रहेको जानकारी दिए । स्वास्थ्य महाशाखाका प्रमुख सतिश बिष्टको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो ।