नेपाली कांग्रेस राक्सिराङले विपद् व्यवस्थापन कोषमा १ लाख सहयोग गर्ने

गुगलपाटी संवाददाता
२३ चैत्र २०७६ ०८:१८

राक्सिराङ :  विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई फैलिन नदिन सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस महामारी रोकथाम तथा नियन्त्रणमा ध्यान राख्दै राक्सिराङ गाँउपालिका विपद् व्यवस्थापन कोषमा नेपाली कांग्रेस राक्सिराङ गाँउपालिकाले १ लाख ११ हजार १ सय ११ रुपैया राक्सिराङ विपद व्यवस्थापन खातामा जम्मा गर्ने प्रतिवद्धता गरेका छन् । सम्पुर्ण वडा कार्यसमिती तरण दल, महिला संघ र क्रियासिल सदस्य लगायत सम्पुर्णलाई आ–आफनो ठाँउबाट सहयोग गर्नाको लागि राक्सिराङ गाँउपालिकाले अनुरोध गरेको गाँउपालिकाका सभापति बिरेन्द्र जिम्बाले बताए ।