लकडाउन लम्बिने, एकसाता थप्ने उच्चस्तरीय समितिको निर्णय
गुगलपाटी संवाददाताकाठमाडौँ — लकडाउनको अवधि बढाउने लगायतका विषयमा छलफल गर्न २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री, मन्त्रीहरुबीच सामाजिक दूरीसहित बालुवाटारमा मन्त्रिपरिषद् बैठक । तस्बिर सौजन्य स् प्रधानमन्त्रीको सचिवालय
चार बजे बस्ने भनिएको बैठक २ बजेलाई सारिएको हो। सरकारले दोस्रोपटक थपेको लकडाउनको अवधि भोलि २५ गते सकिँदैछ। लकडाउन अवधि थप गर्ने कि नगर्ने भन्नेबारे आजको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने एक मन्त्रीले बताए। ‘एक हप्ता थपिन सक्ने सम्भावना छ,’ उनले कान्तिपुरलाई भने, ‘आजै निर्णय हुन्छ।’
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकले भने लकडाउन थप्नेबारेमा सरकारलाई औपचारिक सिफारिस गरेको छैन। तर, बैठकपछि समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग लकडाउन लगायतका विषयमा छलफल गरेका थिए।
सुदूरपश्चिममा थप चारजनामा कोरोना संक्रमण देखिएको र विदेशबाट आएकाबाट स्थानीयमा सरेको समेत भेटिएपछि सुदूरपश्चिममा क्वारेन्टाइनको अवधि थप गरिसकिएको छ। आइतबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले क्वारेन्टाइन अवधि २१ दिन पुर्याइएको घोषणा गरेका थिए।
स्रोतः थाहाखबर