लकडाउनमा सुनसान विश्व सम्पदा
गुगलपाटी संवाददाता काठमाडौँ — युनेस्कोको विश्व सम्पदामा सूचीमा सूचीकृत १० वटा सांस्कृतिक तथा ऐतिहासिक सम्पदामध्ये ७ वटा काठमाडौंमा मात्रै रहेका छन् । कोरोना भाइरसको रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लकडाउनलाई २१ दिन पुऱ्याउने तयारी गरेको छ । काठमाडौं उपत्यकामा रहेका विश्व सम्पदामा सूचीकृत काठमाडौं दरबारस्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबारस्क्वायर, स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ र चाँगुनारायण मन्दिर यतिबेला सुनसान देखिन्छन् । कुनैबेला आन्तरिक तथा विदेशी पर्यटकको घुइँचो हुने यी क्षेत्र अहिले सुनसान र शान्त देखिन्छन् ।
स्रोतः कान्तिपुर