भिमफेदी गाउँपालिकामा कपडाको माक्स र साबुन वितरण
गुगलपाटी संवाददाताहेटौंडा : मकवानपुरको भीमफेदी गाँउपालिकाका वडा नं–४ का समाजसेवी सरोज थापा र अहेव संघ मकवानपुर जिल्ला सदस्य एवम् लामा हेल्थ क्लिनिक सञ्चालक विशाल लामाले संयुक्त रुपमा कपडाको मास्क र हात धुने साबुन वितरण गरेका छन् ।
व्यक्तिगत खर्चमा भीमफेदी गाँउपालिकाका स्थानीयहरुलाई वितरण गर्न ४० हजार बराबरको मास्क र साबुन गाँउपालिकाका प्रशासकीय अधिकृत जीवन कुवरलाई हस्तान्तरण गरिएको हो ।
कपडाको मास्क ४ सय ५० थान र हात धुने साबुन, डिटोल ५ सय थान उपलब्ध गराएको कुवरले जानकारी दिनुभयो ।
स्वास्थ्य शाखा प्रमुख रामनाथ थिङ, भिमफेदी गाउँपालिकाका प्रशासकीय अधिकृत द्रुव प्रसाद लामिछाने, नेपाली काङ्ग्रेस भिमफेदी गाउँपालिकाका सभापति सन्जिव श्रेष्ठ र भिमफेदी गाउँपालिकाका समाजसेवि जीवन बिक लगायतको उपस्थिति रहेको थियो ।