राहत वितरणमा उदासिन्ता
गुगलपाटी संवाददाताहेटौंडाः देशमा लकडाउन भएको दुई हप्ता बितिसक्यो । यो अबस्थाले दैनिक ज्यालादारी गरेर गुजारा गर्ने तथा विपन्न परिवारलाई छाक टार्न मुस्किल बनाएको छ । यसको समस्या समाधानमा ब्यक्ती,संगठन र नेपाली काग्रेश मकवानपुरले समेत नगरका बिभिन्न वडाहरुमा राहत बितरण गरीसकेको छ । तर स्थानिय निकायको रुपमा रहेको हेटौडा उपमहानगरपालिका भने राहत बितरणमा उदासिन्ता देखिएको छ भनौ उपमहानगरपालिकाले अहिले सम्म राहत बितरण गर्न सकेको छैन । यो बिषम परिस्थीतीमा यसरी उपमहानगरपालिका उदासिन्ता देखिनुलाई नगरबासीले खेद प्रकट समेत गरेका छन् ।
नगरबासीहरुको अबिभाबक भनेकै उपमहानगरपालिका हो । अबिभाबकनै बेवास्थामा देखिएपछि सर्बसाधरण मजदुरहरुले उपमहानगरपालिकाबाट आशा गर्नु बेक्कार रहेकाभएको आभास पोखेकाछन् । कोरोना भाईरसले विश्वलाई अस्तब्यस्त बनाईरहेको छ । यो अस्त ब्यस्तताले नेपाल अछुतो रहने त कुरै भएन । यसले नेपालमा पनि विपद् ल्याउन सकने खतरा तिब्र छ । यसबाट बच्न नेपाल सरकारेले गत चैत्र ११ गते देखी देशलाई लकडाउन गरीरहेको अबस्था छ । अझै सरकारले आगामी एक हप्ताको लागी लकडाउन थपगरीसकेको छ । यो समयमा कोही व्यक्ती पनि एक ठाउबाट अर्कोे ठाउँमा आवतजावत गर्न पाउदैनन काम गर्न पाउदैनन अनि कसरी छाक टार्नु । यसले दैनिक ज्यालादारी गरेर गुजारा गर्ने र विपन्न परिवार तथा साधारण मजदुरलाई धेरै अप्ठयारोमा पारेको छ ।
कार्यबिधिका कारण राहत बितरणमा ढिलाई स् मेयर महत
यो सन्दर्भमा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले कार्यबिधि बन्न ढिलाई भएका कारण राहत बाडन नसकेको स्विकार गरेकाछन् । उनले उपमहानगरभित्र १ करोडको राहत प्याकेज बाडने तयारी भैरहेको समेत बताएकाछन् । महतका अनुसार राहत बाडनको लागी कार्यपालिकाको बैठकले कार्य्बिधि पास गरेर तिन दिने सुचना निकालेको हुनुपर्ने प्रापधान रहेकाले कार्य्बिधि पास गर्न समयमै बैठक बस्न नसक्दा यस्तो समस्या भएको बताएकाछन् । उनका अनुसार दु्रत प्रकृयामा ३ दिन अगाडी बैठक बसेर सुचना निकालीसकेको र अब केहीदिनमा राहत बाडने तयारी भैरहेको बताएकाछन ।
कोरोना भाइरस कोभिड १९ का कारण प्रभावितहरुका लागि राहत वितरण गर्नका लागि ७५ लाख रुपैयाँको कोष खडा गरेर तत्काल राहतका सामाग्री खरिद गरेर वितरण गर्ने तयारी पुरा भएको बताएकाछन् ।नेपाल वैकमा खाता खोलेर ७५ लाख रुपैयाँको कोष खडा गरिएको र राहत सामाग्री खरिद गरेर वितरणका लागि तयारी गरिएको हो । उपमहानगरपालिकाको कार्यपालिका बैठकले राहत वितरण कार्यविधि २०७६ पारित गर्दै लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने, अति विपन्न, ज्याला मजदुरी गर्ने परिवारलाई राहत १९ वटै वडा कार्यालय मार्फत वितरण गरिने छ । कार्यविधिमा दैनिक ज्यालादारी गर्ने परिवारलाई १५ केजी चामल, २ केजी दाल, २ लिटर तेल, एक पाकेट नुन, ४ वटा सावुन लगायतका सामाग्री वितरण गर्न खरिद प्रकृया अगाडि बढाएको समेत उनले बताएकाछन् ।
रासनमा राजनिति भयो स् काग्रेश नगरसभापती पराजुली
यो बिषम परिस्थीतीमा समयमै हेटौडा उपमहानगरपालिकाले गरीब मजदुर बिपन्न परिबारलाई राहत बाडन नसकेकोमा नेपाली काग्रेश हेटौडा उपमहानगरपालिका सभापती आनन्दराम पराजुलीले दुखेसो ब्यक्त गरेकाछन् । उनले लकडाउन भएको यत्ति लामो समय बितिसकदा पनि राहत नबाडेर बिपन्न,मजदुुर नगरबासीहरुमा अभिभाबकको भुमिका निर्बाहमा उपमहानगरपालिका चुकेको बताएकाछन् । समयमै राहत बितरण नगर्नुले नगरबासिहरुमा उपमहानगरपालिकाको अर्थ नभएको औलाएकाछन ।
यो उदासिन्ताले गरीब मजदुर नगरबासिहरुको रोजीरोटीमा समस्या देखिएको कारण नगरपालिका भन्दा बरु संघ संस्था र ब्यक्तीहरुलेनै समयमै राहत बाडेर केही राहत दिलाएको उनले बताए । पराजुलीले उपमहानगरपालिकाले राहतको नाममा राजनिति गरेको समेत आरोप लगाएकाछन । उनले उपमहानगरपालिकाको खर्चमा क्युपेक भन्ने एमालेको संस्थालाई चामल दिएर राहत बितरणमा राजनिति गरेको र रासनमा राजनिति गर्ने उपमहानगरपालिकाको यस्तो कार्य निन्दनिय रहेको बताएकाछन ।
राहत बितरणमा ढिलाई भएकै हो स् कार्यपालिका सदस्यहरु
उपमहानगरपालिकाले समयमै राहत बाडन नसकेकोमा हेटौडा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष एबं कार्यपालिका सदस्य गोर्कणप्रसाद पराजुलीले दुखेसो ब्यक्त गरेकाछन् । उनले समयमै राहत बाडन सकेको भए गरीब मजदुरहरुले उपमहानगरपालिकाको चौतर्फी प्रसंसा गर्ने थिए तर अब चैते धान पाकेपछि राहत बाडेर यसको कुनै महत्व नहुने उनको तर्क छ । आफुहरुले मेयर र उपमेयरलाई बारम्बर राहत बितरणका लागी अनुरोध गरेपनि समयमै मेयरले बैठक राखेर कार्यबिधि पास गराउन नसकदा यो समस्या उत्पन्न भएको पराजुलीको भनाई छ । पराजुलीले उपमहानगरपालिकाको राहत बितरणमा ढिलाई देखेपछि आफनै वडाको योजना कटौती गरेर २ सय ७० सुकुम्बासी घरधुरीमा राहत बितरण गरीसकेको र अन्य संघसंस्था सहकारीहरुको सहयोगमा पनि राहत बाडेको बताएकाछन् ।
राहत भनेको आपत बिपतमा बाडने हो मान्छेको ज्यान गएपछि बाडेर के फाईदा भन्दै उनले आफुले समयमै राहत बाडेको बताएकाछन् । यो हिसाबमा कार्यपालिकाका सदस्यहरु बिचनै तालमेल नभएको प्रष्ट हुन्छ । उता हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष एबं कार्यपालिका सदस्य राजेश बानियाँले पनि समयमै राहत बाडन नसकेकोमा दुख ब्यक्त गरेकाछन । लक डाउन भएको दुई हप्ता बितिसकदा पनि गरीब मजदुर नगरबासीहरुले नपाएको राहत अब बाडेर खासै औचित्य नभएको उनको भनाई छ ।
यत्ता हेटौडा उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष एबं कार्यपालिका सदस्य दिपक खडकाले पनि हेटौडा उपमहागरपालिकाले समयमै राहत बाडन नसकेकोमा दुख ब्यक्त गरेकाछन । लक डाउन भएको दुई हप्ता बितिसकदा पनि गरीब मजदुर नगरबासीहरुमा राहत बाडन ढिलार्ई भएको कारण आफनो वडाका तिनसय घरधुरीलाई वडाकै तर्फबाट राहत बितरण गरीसकेको उनको भनाई छ । उपमहानगरपालिकाले समयमै निर्णय गर्न सकेन त्यसैले उपमहानगरपालिका संग पछि रकम लिने गरी आफुले आफनो वडामा राहत बाडेको उनको भनाई छ ।