हेटौंडामा निजि अस्पतालको स्टाफ बोकेको एम्बुलेन्स प्रहरीले नियनत्रणमा

गुगलपाटी संवाददाता
२५ चैत्र २०७६ ०९:२९

हेटौंडामा निजि अस्पतालको स्टाफ बोकेर हिडेको एम्बुलेन्स प्रहरीले समातेको छ  । आज बिहान हेटौंडाको सिमाचोकमा संचालनकर्ता नारायणी यातायात व्यवसायी कम्पनि प्रालि लेखिएको हेटौंडा अस्पतालको जिम्मामा रहेको ना४च १७७७ नम्बरको एम्बुलेन्सले नीजि अस्पतालका स्टाफ बोकेर हिडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

उक्त एम्बुलेन्सका चालकलाई अब आइन्दा मेडिकल स्टाफ नबोक्न भन्दै सम्झाएर एक पटकलाई एम्बुलेन्स भएकाले छाडीदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक सुजन पाठकले बताए ।

बिरामी बोक्न आनाकानी गर्ने एम्बुलेन्सले लकडाउनका बेला स्टाफ बोकेर ओहोरदोहोर गर्दा बिरामी ओसार्न र हेटौंडाबाट बाहिर रेफर भएर जाने बिरामीका लागि निकै सास्ती हुनेगरेको छ।