आगामी लकडाउनलाई पुर्ण रुपमा कार्यान्वयन गर्न नेपाल कम्युनिष्ट पाटी मकवानपुरको आग्रह

गुगलपाटी संवाददाता
२५ चैत्र २०७६ १०:३४

हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको आज कार्यालय बैठक बसेको छ । कोरोना भाइरस (कोभिन–१९) को संक्रमण फैलन नदिन सरकारले दुईसाता भन्दा बढीको लकडाउनमा घरमै बसेर सहयोग गर्ने सबै नागरिकलाई धन्यवाद दिन चाहन्छौ । साथै, आगामी दिनमा पनि लकडाउनलाई पुर्ण रुपमा कार्यान्वयन गर्नका लागि आग्रह गर्दछौं । यो कठिन अवस्थामा पनि अहोरात्र खटिनुहुने स्वास्थ्यकर्र्मी, सुरक्षाकर्मीप्रति हार्दिक धन्यवाद दिन चाहन्छौं ।
सरकारले घोषणा गरेको लकडाउन तेस्रो चरणमा प्रवेश गरेको छ भने दोस्रो चरणमा प्रवेश गरेको कोरोना भाइरस (कोभिड–१९) फैलन नदिन सबैले सहयोग गर्नका लागि नेकपा मकवानपुरले हार्दिक आग्रह गर्दछ । कोरोनाको सुरक्षाका लागि गुणस्तरीय सामाग्री यथाशिघ्र उपलब्ध गराउन तीनै तहका सरकारसंग अनुरोध समेत गर्दछौं । लकडाउनका कारण खान नपाएर कोही कसैलार्ई पनि समस्या हुन नदिन स्थानीय तहबाट एकद्वार प्रणाली मार्फत खाद्यान्न वितरण वितरण गर्नका लागि अनुरोध गर्दछौं । यो लकडाउनको अवधिमा आफ्नो छरछिमेकमा हुनेले सहयोग गर्ने परिपार्टीको विकास गर्न अनुरोध गर्दछौं ।
अहिले कोरोना भाइरसको त्रासका कारण अन्य बिरामीको उपचार नपाइरहेको गुनासो आएकाले अहिलेको समयमा कोही पनि उपचार पाउने अधिकारबाट बञ्चित हुन नपरोस भन्ने आग्रह पनि गर्न चाहन्छौं । राहत वितरण गर्दा वैज्ञानिक, व्यवस्थित ढंगले दुरी कायम गरेर मात्र वितरण गर्न अनुरोध गर्दछौं । अहिले खेती लगाउने समय भएकाले किसानलाई आवश्यक पर्ने रासायनिक मल, बीउ बिजन, खाद्य पदार्थ उपलब्ध गराउन स्थानीय तहले सहजीकरण गर्नका लागि आग्रह गर्दछौं । अन्त्यमा, लकडाउनलाई पूर्ण रुपमा पालना गरौं, मितव्ययी बनौ, फारो तिनो गरेर खर्च गर्नुहुन सम्पूर्ण मकवानपुर जिल्लाबासीहरुमा यसै विज्ञप्ती मार्फत अनुरोध गर्दछौं ।

अध्यक्ष सचिव
मुनु सिग्देल प्रेमबहादुर पुलामी

तपाईको प्रतिक्रिया